मेचिनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापा क्षेत्र नं -१ को काकडभिट्टा बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा सन्जोक खनाल र त्रिदेव बहुमुखी क्याम्पस चारआलीको अध्यक्षमा सञ्जय मैनाली चयन भएका छन्,।

प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलाले काकडभिट्टा बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्ष सन्जोग खनाल र सचिब सागर सिवाकोटिको नेतृत्वमा ९ सदस्य कमिटी गठन गरिएको संगठनका इकाई अध्यक्ष खनालले बताए ।

त्यस्तै चारआली स्थित त्रिदेव क्याम्पस इकाई अध्यक्ष सञ्जय मैनाली र सचिबमा प्रज्वल भट्टराईको नेतृत्वमा ११ सदस्य समिती गठन भएको छ।

जिल्ला सम्मेलनको तयारीमा रहेको प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले हाल इकाई कमिटी गठन कार्यलाई तिव्र बनाइएको र यसपश्चात् नगर हुँदै जिल्ला सम्मेलन गरिने जिल्ला सम्मेलन आयोजक समितिका सदस्य चरणजंग प्रसाईंले पुर्विगर्जनलाई जानकारी दिए।

Facebook Comments Box