सुनसरी । सुनसरीको धरान स्थित इटहरी -धरान सडकखण्डमा अहिले साँझ अन्दाजी ५:३० बजेको समयमा गोली हानी एक युवकको हत्या भएको छ ।

Advertisements

आज शुक्रबार बेलुका विराटनगर महानगरपालिका वडा नम्बर – ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानि हत्या भएको प्रहरीले जनाएको छ ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । धनकुटाबाट घुमघाम गरि मोटरसाइकलमा विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनिसँगै सवार बिराटनगरकि सुमना खत्रीको अवस्था भने सामान्य रहेको छ भने युवकको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सेउतिपुलमा पानी खान भन्दै मोटरसाइकल रोकेका बेला हतियार सहित आएका ३ जना युवाको समुहले गोली प्रहार गरेको र घाइते चौधरीलाई उनले नै एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएपनि घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरी निरिक्षक प्रभु ढकालले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

Facebook Comments Box