झापा । बर्षौँदेखी चिया मजदुरहरुको समस्याको समाधान हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका चीया मजदुरहरुले पुनः एकपटक आन्दोलनलाई तीव्र बनाएका छन्,। झापाका विभिन्न बगानमा कार्यरत मजदुर र मालिक बीचको असमझदारी बढ्दै गएपछि यतिबेला सबै मजदुरहरु सडक आन्दोलन गरिरहेका छन्,। सरकारले बनाएको कानुनको बगान सञ्चालकहरुले उल्लंघन गरेको, महंगी बढर दुई छाक खान समेत धौधौ परेको बेला सरकारले तोकेको न्युनतम पारिश्रमिकता समेत नदिएको , श्रमको शोषण गरेको लगायतका आरोप सहित श्रम ऐन २०७४ लागू गरिनुपर्ने उनिहरुको माग रहेको छ।

आज पुर्वी सिमानाका काकडभिट्टा अन्तर्गत इलाका प्रहरी कार्यालयको अगाडि बीच सडकमा विभिन्न नाराबाजी सहित कोणसभामा भेला भएका मजदुरहरुले राज्य र मालिकले गरिब मजदुरहरूको आवाज नसुनेको भन्दै सडकमा उत्रन बाध्य भएको बताएका छन्,। उनिहरुले मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन् गरेका हुन्,।

जिल्लाका विभिन्न बगानमा कार्यरत सयौं को संख्यामा उपस्थित मजदुरहरुले सडकमा प्रदर्शन गर्दै ‘न्युनतम पारिश्रामिक वृद्धि गर’ ‘पत्ती डबली वृद्धि गर’ ‘रोजगार सम्झौता लागु गर’ श्रम शोषण बन्द गर’ योगदानमा आधारित सामाजिक सुरक्षा – लागू गर’ लगायतका नाराबाजी गरेका छन्,।

‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक नबढेको र पटकपटक यश विषयमा छलफल गर्दा समेत बगान मालिक र सरकारले बेवास्ता गरेका कारण यो आन्दोलनमा उत्रनु परेको अखिल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाले बताए । मजदुरहरूले कुनै ठुलो अपेक्षा राखेर आन्दोलन नगरेको बताउँदै सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने , सरकारले तोकेको पारिश्रमिकता पाउनुपर्ने माग रहेको सापकोटाले बताए । यदि मजदुरहरूको आन्दोलनलाई बेवास्ता गरे भदौ ७ गतेबाट सबै बगान ठप्प पार्ने समेत उनले चेतावनी दिएका छन्,।

अहिले चिया मजदुरहरुले दैनिक ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएको र उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्ने मजदुर नेता दिपक तामाङले बताए । बजारमा हरेक चिजबिजको मुल्य आकाशिएको तर मजदुरहरुको ज्याला भने नबढेको कारण बाध्य भएर सडकमा उत्रनु परेको उनले बताए ।

पटकपटक भएको छलफल बिना निष्कर्ष टुंगिएको र मजदुरहरूको आवाज नसुनेका कारण सडकमा उत्रिएको अधिकांश मजदुर नेताहरुको दावी छ । भदौ ७ गते सम्म मजदुरहरुको समस्या समाधान नभएदेखि देशभरका चिया बगान बन्द गर्ने समेत उनिहरुले चेतावनी दिएका छन्,।

आन्दाेलनमा मजदुर नेता भुपाल सापकोटा , दिपक तामाङ, सन्त बहादुर राई, यज्ञ प्रताप अधिकारी लगायतको सम्बाेधन रहेको थियोे ।

Facebook Comments Box