[the_ad_placement id=ads-sec ads-full"below-post"]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राष्ट्रघाती एमसिसी सम्झौता नेपाली जनताको चाहना विपरीत दलाल संसद र तिनका मतियारहरुले पारित गरेको भन्दै नेपाली जनता खारेजीको पक्षमा रहेको बताएका छन्,।

भाद्र १३ गते सरकारले एमसिसी कार्यनयन गर्न लागेको र त्यसका विरुद्ध दिउँसै राँको बालेर सडकमा आउन समेत विप्लवले सबैलाई आह्वान गरेका छन् ।

नेपाल कम्ययुनिष्ट पार्टीले आज सोमबार काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया गर्ने सबै राजनीतिक दल , जनता ,बुद्धिजीवीहरु नयाँ मोर्चा बनाउन तयार हुनुपर्ने बताएका छन्,।

उनले एमसीसी भनेको आर्थिक सहयोग, उद्धार र विकासको प्रोजेक्ट नभई यो अमेरिकी साम्राज्यवादको नेपाल विरुद्धको सैन्य मोर्चा भएको ठोकुवा गरे । नेपालमा अमेरिका ५५ अर्ब दिन नभएर नेपालको सबै चिज लुट्न आउन खोजेको दाबी गर्दै विप्लवले भने, “भूमण्डलीकृत साम्राज्यवादी नीति अनुसार नेपाललाई कब्जा गर्न एमसीसी आएको छ । यो सम्झौता विरुद्ध नेपाली सेना उठ्नु पर्छ । देशभक्त, क्रान्तिकारीहरु उठ्नुपर्छ । विदेशीको अनुदानको लोभमा सेनाले जनतामाथि दमन गर्दै बन्दुक चलाउनु हुँदैन ।”

महासचिव विप्लवले देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै भएको भन्दै अझै पनि एमसीसी कार्यान्वयन गर्न सजिलो नभएको बताए । एमसीसी कार्यान्वयन गर्ने नाटक नगर्न एमसीसीका मतियारलाई चुनौती दिदै उनेले भने, “यो कुनै पनि हालतमा कार्यान्वयन गर्न दिने छैनौ । एमसीसी भनेको नेपालको दलाल संसदहरुले पारीत गरेपनि नेपाली जनताले भने पारित गरेका छैनन् ।”

महासचिव विप्लवले नेपाल गौतमवुद्ध जन्मिएको शातिपूर्ण देशमात्र नभएको भन्दै यो देश साम्राज्यवादी डाँकाहरुलाई तरवारले काट्ने देशको इतिहास भएको पनि बताए ।
उनले नेपालमा कुनै पनि हालतमा १३ गते एमसीसी कार्यान्वयन गर्ने सरकारको योजना असफल पार्ने योजनाका लागि सबैलाई सडकमा आउन अपिल गरे ।

विप्लवले एमसीसी भनेको नेपाली जनताको शत्रु भएकाले नेपालमा यस विरुद्ध प्रतिवाद हुने चेतावनी दिदै एमसीसी परियोजना नेपालबाट फिर्ता गर्न अमेरिकालाई आग्रह गरे ।
उनले भने, “सहयोग गर्ने भए अमेरिका बिना सर्त पुन: सम्झौता गर्न तयार हुनुपर्ने बताए । नेपालको हितमा मुस्ताङ रसुवादेखि पाल्पासम्म व्यारेक राख्न अमेरिकाले खोजेको छ यो कुनै पनि हालतमा त्यो हुन सक्दैन । यो सम्झौता कार्यन्वयन गर्न सकिदैन। ”

महासचिव विप्लवले देशलाई जिम्मा लिन आफ्नो पार्टी तयार भएको उद्घोष गर्दै साम्राज्यवाद विरुद्ध जस्तो सुकै अवस्थामा भिड्न तयार भएको र त्यसमा सबैलाई साथ दिन आग्रह गरे ।

Facebook Comments Box