[the_ad_placement id=ads-sec ads-full"below-post"]

मेचीनगर। महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

गत भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित एक गेस्ट हाउसमा लगेर श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box