झापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले देश यतिबेला गम्भीर संकटतर्फ अगाडि बढिरहेकाले यो राष्ट्रिय संकटलाई समाधान गर्नेतर्फ पार्टीको संघर्ष अगाडि बढिरहेको बताएका छन्,।

आज झापाको दमकमा भएको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै नेता सिंहले
पछिल्लो चरण समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवादको विषयमा खोज अनुसन्धान र प्रयोग गरिरहेको समेत बताएका छन्,।

पुर्वका जनता र यहाँको मनोविज्ञानलाई एकीकृत गरेर अगाडि बढ्नुपर्ने बताउँदै नेता सिंहले अबको संघर्ष अमेरिकी साम्राज्यवाद र त्यसको हस्तक्षेपका विरुद्ध रहेकाले देश बचाउन र अहिलेको संकट टार्न सबै एकै ठाउँमा उत्रनुपर्ने बताए ।

Facebook Comments Box