इलाम। इलाममा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्,। जिल्लाको रोङ गाउँपालिका- ३ कुटिडाँडा नजिकै सोमबार साँझ झापातर्फ आउँदै गरेको बीएए १६९२ नम्बरको सुजुकी कम्पनीको ग्राण्ड भिटारा कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिब ३ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा झापा शिवसताक्षी नगरपालिका- ११ का ३५ वर्षीय मनोज राई, विराटनगर महानगरपालिका- ७ का ५२ वर्षीय सचिन पोखरेल, सोही ठाउँका २४ वर्षीय अर्जुन महरा, ५७ वर्षीय राजकुमार पौडेल घाइते भएका छन् ।

एक जना घाइतेको नाम खुल्न सकेको छैन । घाइतेहरूलाई उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । सो कार विराटनगरबाट कन्याम आएर फर्किने क्रममा दुर्घटनामा परेको थियो । गाडी दुर्घटना स्थलमै रहेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार शिवसताक्षी- ११ दुधे बस्ने ३५ वर्षीय मनोज राईको करङ ,शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था गम्भीर, विराटनगर- ७ बस्ने कार चालक ५२ वर्षीय सचिन पोखरेलको अनुहार ,खुट्टामा चोट लागेको ,अवस्था गम्भीर, सोही ठाउँ बस्ने ५७ वर्षीय राजकुमार पौडेलको टाउको , छाती र खुट्टामा चोट लागेको ,अवस्था गम्भीर, सोही ठाउँ बस्ने २४ वर्षीय अर्जुन महराको हात खुट्टा, टाउकोमा चोट लागेको ,अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box