मेचीनगर। झापाको मेचीनगर नगरपालिका -६ काकडभिट्टा स्थित देवकोटा पार्कमा ८ औं संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेर मनाइएको छ।

कोसी प्रदेश सांसद माननीय गाेम्बु सेर्पाको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त दीप प्रज्वलन कार्यक्रममा बोल्दै प्रदेश सांसद सेर्पाले यो नेपाली जनताको जनप्रतिनिधिले बनाएको विश्वकै अग्रगामी र उत्कृष्ट संविधान रहेको बताए । केही कुराहरूमा विवाद भएपनि त्यसलाई जनताको सुझाव र जनआन्दोलनद्वारा सुधार गरेर लैजानुपर्ने उनले बताए । यो संविधान नेपालको अहिलेसम्मकै उत्कृष्ट संविधान रहेको भन्दै यो संविधान निर्माण गर्न हरेक राजनीतिक दलको महत्त्वपूर्ण भुमिका रहेको बताए ।

कार्यक्रममा वडा नम्बर -६ का अध्यक्ष ललित बहादुर तामाङ, नेकपा एमालेका स्थानीय नेता डिल्लिराम घिमिरे, नेकपा एमालेका जिल्ला सदस्य चन्द्र प्रसाई,नेकपा माओवादिका क्षेत्रीय सम्याेजक माधव अर्याल, सामुदायिक प्रहरी केन्द्र काकडभिट्टाका अध्यक्ष एवम् सञ्चारकर्मी मुक्ति पाैडेल, देबकाेटा पार्क सल्लाहकार सदस्य तथा जन्म जयन्ती समाराेहका संयोजक बालकृष्ण थापा, माओवादी केन्द्रका ज्ञानेन्द्र घिमिरे, धुर्ब गिरी लगायतकाे सहभागिता रहेको थियो ।

उक्त दीप प्रज्वलन कार्यक्रमकाे सभापतित्व देबकाेटा पार्क ब्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार खरेलले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन संस्थाका सह- सचिव शेखरकाजि थापाले गरेका थिए।

Facebook Comments Box