[the_ad_placement id=ads-sec ads-full"below-post"]

माडी । नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवनले चार्डवाडको मुखमा जनविरोधी हर्कत नगर्न चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई चेतावनी दिएकाे छ । मंगलबार नेकपा पश्चिम चितवनले एक विज्ञप्ति जारी गर्दै जनविरोधी हर्कत नगर्न चेतावनी दिएकाे हाे ।

जिल्ला सेक्रेटरी अटल सीद्वारा जारी विज्ञप्तिमा जनविरोधी हर्कत नराेके प्रतिरोध संर्घषमा उत्रिने बताइएको छ । समाजवाद उन्मुख संविधानको गफ हाक्ने सरकारले वैकल्पिक व्यवस्थापन बिना सिमान्तकृत समुदाय चेपाङको घर पटक-पटक भत्काउने, आगजनी गर्ने जस्ता कार्यहरु अमानवीय र खेदजनक रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टी सम्बन्धित निकायलाई माडी नगरपालिका वडा नं. ९ स्थित कुसुम खोलामा बसोवास गर्ने घर परिवारहरुलाई वैकल्पिक व्यवस्थापन गर्न आग्रह गर्दै चार्डवाडको मुखमा जनतालाई यो प्रकारको जनविरोधी हर्कत नगर्न चेतावनी समेत दिन चाहन्छौ ।’, विज्ञप्तिमा भनिएको छ ।

असाेज २ गते साेमबार माडी नगरपालिका वडा नं. ९ स्थित कुसुम खोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरि २१ वटा मध्य २० वटा घर भत्काएको थियाे । उक्त घटना प्रति नेकपाले आपत्ति जनाएकाे छ ।

Facebook Comments Box