क्यानको साधारणसभा: कानुनको धज्जी उडाउँदै झापाका प्रतिनिधिमाथी दुर्व्यवहार

प्रविण अधिकारी
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानको चुनावी साधारण सभाको बन्दसत्रमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर समेत रहेका लाक्पा लामामाथि दुर्व्यवहार भएको छ।
झापाबाट प्रतिनिधिको रुपमा पत्र सहित काठमाडौ आएका लामालाई बन्द सत्रमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले निकाल्न प्रहरीलाई निर्देशन दिएपछि लामामाथि दुर्ववहार भएको हो । उनिमाथि दुर्ववहार भएपछि उनी भावुक हुँदै भक्कानिएका हुन्। चन्दले ‘प्रहरी साथीहरु तपाईहरु सक्नुहुन्न भने म थप प्रहरी बोलाउँछु’ भनेपछि पछाडि चर्को स्वरमा बोलिरहेका लाक्पा भक्कानिएका थिए।
उनी झापा जिल्ला क्रिकेट संघको प्रतिनिधि बनेर चुनावमा सहभागी हुन आएका थिए। तर झापा जिल्ला संघबाट मनोज कटुवालले समेत आफूलाई प्रतिनिधी दाबी गर्दै आएपछि निर्वाचन समितिले दुवैलाई चुनावमा सहभागी नगराउने निर्णय गरेको थियो।
अर्का प्रतिनिधि मनोज कटवाल त्यसअघि नै बन्द सत्रबाट बाहिरि सकेका थिए। तर पत्र सहित आएका लाक्पा भने आफू आधिकारिक भएको भन्दै जसरी पनि सहभागी गराउनुपर्ने दाबी बन्द सत्रमा गरिरहेका थिए।

क्यान अध्यक्ष चन्दले राजनीतिक प्रतिसोध प्रस्तुत गर्दै झापा जिल्ला क्रिकेट संघको मतदानको अधिकार समेत खोसेका छन्,। यसअघि झापाबाट मनोज कटुवाल कै नाम सिफारिसमा रहेपनि उनी नेपाल प्रहरीको कर्मचारी रहेको र राखेपको विधान अनुसार खण्ड २ को उपदफा १ अन्तर्गत नेपाल सरकारको बहालवाला कर्मचारीले कुनै पनि खेलकुद संघमा रहेमा त्यो बैधानिक नहुने प्रावधान रहेका कारण कटुवालको नाम हटाउँदै अध्यक्ष प्रविण थापाले हस्ताक्षर सहित लाक्पा लामालाई प्रतिनिधिका रुपमा नाम र चिठी पठाएका थिए।
तर विधि विधानको धज्जी उडाउँदै स्वयं क्यानका वर्तमान अध्यक्ष तथा आगामी कार्यकालको समेत दावेदार रहेका चतुरबहादुर चन्दले लाक्पा माथि दुर्ववहार गरेका हुन्,। यसअघि नै जिल्ला तथा प्रदेशको निर्वाचनमा अध्यक्ष चन्दले गुटबन्दी गरेको समेत आरोप लागेको थियोे । उक्त आरोप र अहिलेको उनको प्रस्तुतिले आरोप ठिक थियोे भन्ने पुष्टि भएको लाक्पा लामाले बताए ।
जुनसुकै हालतमा दोस्रो कार्यकाल हत्याउने दाउमा रहेका अध्यक्ष चन्दको यो हर्कतका विरुद्ध अहिले लाखौं क्रिकेट समर्थकले विरोध जनाइरहेका छन्,।