सुनसरी । पुर्वको प्रमुख सहर इटहरीबाट प्रहरीले ठुलो परिणाममा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको छ ।

Advertisements

पक्राउ परेका दुई जनाले काठमाण्डौँ बाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाई छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

Facebook Comments Box