झापा । पछिल्लो समय तीनै तहका सरकारलाई काम गरेनन् भनेर आरोप लगाउँनेहरूको जमात बढ्दै जाँदा झापा र इलामका स्थानीयबासिन्दा भने सरकारको मुख नताकी आफ्नो ठाउँ आफै बनाउन जुटेका छन् ।

Advertisements

बृहत श्रमदान कार्यक्रम आयोजना गर्दै इलामको चुलाचुली गाँउपालिका, झापाको कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकाका स्थानीयबासिन्दा एक भएर आफ्नो ठाउँ आफै बनाउने अभियानमा जुटेका हुन् ।

स्थानीयजुट्दै बृहत श्रमदान अभियान अन्तर्गत पुर्व पश्चिम राजमार्ग स्थित झापाको कमलदेखि इलामको चुलाचुली जोड्ने करिब तीन किलोमिटर वाल्मीकि मार्ग स्तरबृद्धी कार्य अहिले सञ्चालन भइरहेको छ ।

दैनिक सयौंको संख्यामा आवतजावत हुने यस वाल्मीकि मार्ग स्तरबृद्धी नहुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भिए । बाटो उपयुक्त नहुँदा बर्षौदेखि आवतजावतमा समस्या झेल्नुपरेको थियो । त्यस अवस्थालाई चिर्दै अहिले आफुहरू श्रमदान मार्फत बाटो बनाउन जुटेको स्थानीय चुलाचुली गाँउपालिका १ स्थित सहिद माङ्तोक टोल विकास समितिका अध्यक्ष सन्तोष थाम्सुहाङ्ग बताउँछन् ।

उनका अनुसार झापा र इलाम जोड्ने पुरानो बाटोको रूपमा रहेको यस बाल्मिकी मार्ग विभिन्न कारणले ओझेलमा पर्दा बर्सौदेखि यस क्षेत्रका बासिन्दा मारमा पर्ने गरेका छन् । विशेषगरी बिरामी हुँदा उपचारका लागि एम्बुलेन्स सञ्चालन, विद्यालय पढ्न जाने आउँने विद्यार्थीलाई पढ्न जान समस्य हुने गरेको थियो । त्यसलाई मध्यनजर गर्दै बाल्मिकी मार्ग स्तरबृद्धि गर्न श्रमदान मार्फत आफुहरु जुटेको उनको भनाई छ ।

बृहत श्रमदान कार्यक्रममा अहिले स्थानीयबासिन्दा संगै विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरुले पनि साथ दिइरहेका छन् ।

Facebook Comments Box