[the_ad_placement id=ads-sec ads-full"below-post"]

उदयपुर। उदयपुरमा फ्रिजिङ गरी लागूऔषध तस्करी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर – ६ बेल्टार बजारमा शरिरमा फ्रिजिङ गरी लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा भारी मात्रामा लागूऔषध भेटिएको र मलद्धारमा लुकाएर लागुऔषध कारोबारमा संलग्न सबै बेल्टार बजारका युवा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको छ भने सोही ठाउँका अन्दाजी ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय बिशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद भएको छ ।

यसैगरी चौनपा ६ कै ३२ वर्षीय मनोज राईको साथ बाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद भएको छ । ३२ वर्षका प्रबेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिबिधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गरिएको थियो । भिडियो एक्सरेमा मलद्धारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहीर निकालिएको थियो । संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box