झापा । केही दिन अघि उत्तेजक अभिव्यक्ति दिएर हिंसा मच्चाउन खोजेको आरोपमा श्रीनिवास पक्राउ परेका छन् ।

उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूराे र क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई भोलि धनुषा पठाइने प्रहरीले बताएको छ ।

Facebook Comments Box