झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ए तथा १७०० भन्दा कम रेटिङ बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताको आज तेस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका पाँच तथा बि तर्फका सात खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका प्रथम उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर गरि करिब एक सय खेलाडीको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा…
धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि आज बिहान शङ्कास्पद वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको र सेनाको टोली सो वस्तुलाई निष्क्रिय गर्ने कार्यमा लागेको प्रहरीले जनाएको छ।