मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स - ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस- ११ च्याम्पियन बनेको हो । विजेता पेनोरिस - ११ ले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स -११ ले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले…
झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभिन्न जिज्ञासा र धारणा व्यक्त गरेका छन् । उनीहरूले बिप्लव नेतृत्वको पार्टीलाई जनताको आशाको केन्द्रका रूपमा हेरेको संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्था र क्रान्तिका सम्भावनाहरूका विषयमा धारणा राखेका थिए । उनीहरूले प्रश्न गर्दै , "नेपाली जनता निराश छन्, फेरि क्रान्ति सम्भव छ ?" साथै, "देशलाई सही दिशामा लैजाने नेता को?" भन्ने प्रश्न गर्दै नेतृत्वप्रति असन्तुष्टि पोखे । पूर्व सेनाहरूले माओवादी नेतृत्वको विचलन, वैकल्पिक राजनीतिका नाममा उठेका नयाँ पात्रहरू, र जनताको अन्योलबारे बिप्लवसँग धारणा मागे । "नेपाली जनताले नै एक-अर्कालाई बुझ्न नसकेको…