महोत्तरी, १८ साउन । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका…
झापा, १८ साउन । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ । त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को…