Purbi Garjan

दिन: २०८३ बैशाख ६, आईतवार

इलाम-झापा मैत्री समाजको कार्यसमिति विस्तार, दुई सदस्य मनोनित

इलाम-झापा मैत्री समाजको कार्यसमिति विस्तार, दुई सदस्य मनोनित

झापा । इलाम-झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो। बैठकले रिक्त रहेको सदस्य पदमा किरण प्रसाद सुवेदी र ढुन्डी राज गिरिलाई मनोनित गर्ने निर्णय गरेको छ। नवमनोनित सदस्यहरूलाई कार्यसमितिमा स्वागत गर्दै अध्यक्ष खत्रीले समाजको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो। नयाँ कार्यसमिति गठन भएपछि पहिलो चरणको कार्यक्रम अन्तर्गत हालै समाजले मन्दिर सरसफाइ लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कार्यसमितिले पूर्णता पाएसँगै अब समाजका आगामी योजना र सामाजिक गतिविधिहरूलाई थप तीव्रताका साथ अगाडि बढाइने बताइएको छ।
Read More
चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज खेल्दै

चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज खेल्दै

भद्रपुर । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (आइतबार) भुटान र नेपालको टिम प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो हुने दोस्रो दिनको खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । भुटानी टोली नेपालमा पहिलोपटक महिला फुटबल प्रतियोगितामा सहभागी हुँदैछ भने चर्चको महिला टिम मध्यम लयको अवस्थमा रहेको छ । उसले गत वर्ष कात्तिकमा झापाको दुधेमा भएको महिला गोल्डकपमा नेपाल पुलिस क्लबसँग ८-० को हार व्यहोर्नु परेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च…
Read More
बुद्धशान्तिमा हरिणको सिङ जस्तो देखिने वस्तु फेला

बुद्धशान्तिमा हरिणको सिङ जस्तो देखिने वस्तु फेला

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ चिलिमगढी घाट नजिकै हरिणको सिङ जस्तो देखिने वस्तु फेला परेको छ। शनिबार राति करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय बुधबारे, झापा र सशस्त्र प्रहरी बल नेपाल, भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा उक्त वस्तु फेला पारेको हो। गस्तीका क्रममा चिलिमगढी घाट नजिकै भेटिएको उक्त वस्तु बन्यजन्तुको अंग हुनसक्ने आशंका गरिएको छ। फेला परेको वस्तुलाई सुरक्षित राखिएको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित वन कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
ne_NPNepali