Purbi Garjan

दिन: २०८१ असार २२, शुक्रबार

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदै

झापा । सत्ता गठबन्धनको असन्तुष्टि सहित नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तनावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । यसअघि २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियोे । आज शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजन अनुरुप संघीय संसदको सचिवालयलाई पत्र पठाएका छन्।
Read More
सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
Read More
क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम्  प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
Read More
पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

प्रविण अधिकारी मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा कुनै पनि भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भनेर जनाउने आधार हो । कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो र यसको अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ । कुनै पनि देश विकासको आधार भनेको पूर्वाधार विकासलाई नै मान्न सकिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औधोगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ । यस्तै मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका…
Read More
समिक्षा अधिकारीको स्वर रहेको “फेसनको पातलो चोली” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

समिक्षा अधिकारीको स्वर रहेको “फेसनको पातलो चोली” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौ । चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली ... ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जेनी इन्टरटेनमेन्ट युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन । केशब अधिकारीको छायाँंकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्रीले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ । ‘फेसनको पातलो…
Read More
ne_NPNepali