Purbi Garjan

दिन: २०८२ आश्विन ११, शनिबार

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
Read More

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । तमोर कोरिडोर सडकको…
Read More

प्रिमियर लिगमा आज ७ वटा खेल हुँदै

झापा, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमामा आज सात वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड, लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली, क्रिस्टल प्यालेस र लिभरपुल, नटिङघम फरेस्ट र सन्डरल्याण्ड तथा टोटनहम र उल्भ्सको खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले खेल्नेछन् । त्यस्तै राति पौने आठ बजे लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली तथा क्रिस्टल प्यालेस र लिभरपुलबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे नटिङघम फरेस्ट र सन्डरल्याण्डले खेल्दा पौने एक बजे टोटनहम र उल्भ्सको…
Read More
ne_NPNepali