बिर्तामोड, माघ २८ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो । एपिएफका स्ट्राइकर प्रदिप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपिएफको लागि अर्काे गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८ औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । एपिएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२ औँ मिनेटमा…
बाहुण्डाँगी । श्री गणेश नर्सरी मेचीनगर २ को दोस्रो बार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ । मेचीनगर २ सरस्वती टोलमा बार्षिक उत्सव तथा सांगितिक साँझको रुपमा आयोजित कार्यक्रममा चर्चित गायक हिमाल सागरको विशेष प्रस्तुती रहेको थियो । हिमालले एक दर्जन भन्दा बढी उनका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन गराएका थिए । यसैगरी सोही अवसरमा अर्का कलाकार सन्तोष पन्तको समेत विशेष प्रस्तुती रहेको थियो । यसैगरी स्थानिय कलाकारहरुले पनि विभिन्न गित गाएका थिए। नर्सरीका सन्चालन भीम भट्टराई (दिनेश) को सभापतित्व तथा वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवसायी आनन्द डालमिया, थेसीज अंग्रेजी स्कुलका प्रिन्सिपल डम्बर रुचाल, कृषि वृज्ञ जगननाथ…