काठमाडौँ । समाजवादी मोर्चा नेपालले देशव्यापीरूपमा बिभिन्न कार्यक्रम गर्ने भएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षतामा शनिबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।


उक्त बैठकले समाजवादी मोर्चा नेपालको नाराहरु ठोस गरि देशब्यापीरुपमा वालिङ्ग र ब्यानरिंग गर्ने , काठमाडौँमा बुद्धिजीवी र वाम्पन्थिहरुबिच अन्तरक्रिया गर्ने , समाजवादी मोर्चा प्रकाशन गर्ने र मिटरब्याजी र लघुवित्त पीडितका पक्षमा समर्थन जनाउने र राज्यलाई उनीहरुको समस्या समाधान गर्न सुझाव दिने निर्णय गरेको बताइएको छ ।


समाजवादी मोर्चा नेपालको शनिबार बसेको उक्त बैठकको निर्णय कार्यन्वयन गर्न भोलि आइतबार समाजवादी मोर्चा नेपालको सचिवालयको बैठक बस्ने समेत बताइएको छ।
स्मरणीय छ , गत फाल्गुन ६ गते, आईतवारदेखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी समाजवादी मोर्चा नेपालको संयोजक बनेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मोर्चाको बैठकले महासचिव विप्लव सीलाई संयोजक तोकेको थियो ।


गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए । उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

Facebook Comments Box