मेचीनगर। झापाको मेचीनगर-८ स्थित "इटाभट्टा फुटबल क्लब"ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म "प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता"’ गर्ने भएको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै प्रक्रिया पूरा गरीसकेको आयोजक इटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेलाई…
झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा परेका छन् । बिबीएल आयोजकले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’को सुचीमा नेपालका दुई खेलाडी सन्दीप र ललित ड्राफ्टमा परेका हुन् । ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन् । जसबाट सेप्टेम्बर १ तारिख खेलाडीको छनोट हुनेछ । सन्दीपले यसअघि पनि बिबीएल खेलिसकेका छन् भने ललित पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका हुन् ।
झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ए तथा १७०० भन्दा कम रेटिङ बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताको आज तेस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका पाँच तथा बि तर्फका सात खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका प्रथम उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर गरि करिब एक सय खेलाडीको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा…
झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ´ए` तथा १७०० भन्दा कम रेटिङ ´बि` गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको उक्त प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका तीन तथा बि तर्फका चार खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका महासचिव राजेश राउतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर खेलाडीहरूको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा भदौं १० गतेसम्म सञ्चालित…
झापा । छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगरमा आजबाट सुरू भएको छ । भदौ १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन भएको प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगितामा सहभागी हुन ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर १ सयबढी खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आएको आयोजकले जनाएको छ । २००० देखि १७०० तथा १७०० मुनि गरेर दुई विधामा प्रतियोगिता प्रतिष्पर्धा…
मेचीनगर । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट विभिन्न जिल्लाका खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगिता २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आउने आयोजकको भनाइ…
झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम् प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
काठमाडौं। जारी विश्वकप अन्तर्गत भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो । दक्षिण अफ्रिकाका लागि एडेन मारक्रमले २१ बलमा अविजित २३ रन जोडे भने रिजा हेन्ड्रिक्सले २५ बलमा अविजित २९ रन जोडे। अर्का ओपनर क्विन्टन डेककले ८ बलमा ५ रन जोडेर बोल्ड आउट भएका थिए। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो। त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को…
काठमाडौं। नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौं नम्बरमा परेका छन्। यसअघि ९ नम्बर मा रहेका ऐरी तीन स्थान सुधार गर्दै छैटौँ नम्बरमा आइपुगेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हालै सार्वजनिक गरेको वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर राजाभन्दा मात्र पछाडि छन् । यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।