मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष "भेट्रान रोड रेस कार्यक्रम-२०८२" हुनेभएको छ। "खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान" नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ। उक्त रेस कार्यक्रममा क्रमश प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै…
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
मेचीनगर। झापाको मेचीनगर - ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए । यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर…
झापा । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए । यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो । खेलको निर्धारित समयमा १-१…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर - ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सदस्य…
मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स - ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस- ११ च्याम्पियन बनेको हो । विजेता पेनोरिस - ११ ले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स -११ ले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे। बलिङतर्फ बाउनडाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट…
मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर…
मेचीनगर । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए । पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस…
मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि…