Purbi Garjan

चित्लाङ फुटबल क्लबलाई ५-१ गोलले हराउँदै एनआरटी झापा कपको सेमिफाइनलमा

चित्लाङ फुटबल क्लबलाई ५-१ गोलले हराउँदै एनआरटी झापा कपको सेमिफाइनलमा

चित्लाङ फुटबल क्लबलाई ५-१ गोलले हराउँदै एनआरटी झापा कपको सेमिफाइनलमा

बिर्तामोड। कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे । खेलको ४२ औँ मिनेटमा…
Read More
झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै

झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै

बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।…
Read More
गोर्खा ब्वाइजलाई हराउँदै चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

गोर्खा ब्वाइजलाई हराउँदै चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

बिर्तामोड। डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका…
Read More
झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

बिर्तामोड । विर्तामोडमा जारी "प्रथम झापा कप २०८१" मा दर्शकको साथ न्यून रहेको पाइएको छ । मंसिर २९ गतेदेखि विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा कप फुटबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनलका खेल सञ्चालन भइसक्दा समेत फुटबल हेर्ने दर्शकको संख्या न्यून रहिरहेको छ । खेलमैदानको पुर्व, पश्चिम, उत्तर र दक्षिणमा करिब १० हजार दर्शक अट्ने व्यवस्थित बाँसको प्यारापिट निर्माण गरिएको छ । तर, मैदानको उत्तर, दक्षिण र पश्चिममा विद्यार्थीसहित खेलप्रेमी दर्शकहरू उल्लेख्य रहेपनि पुर्वपट्टी भने वारपार नै दर्शक न्युन रहने गरेका छन् । अहिले दैनिक १ देखि ३ हजारको हाराहारीमा दर्शक मैदान उपस्थित हुँदा त्यसको करिब तीन भागको एक भाग चै…
Read More
नेकपाले विचार संश्लेषण गर्ने

नेकपाले विचार संश्लेषण गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विचार संश्लेषण गर्ने भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा, प्रचण्ड र किरणसँग विद्रोह पश्चात विचारधारात्मक, संङ्घर्ष, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउने, जनतालाई अपिल गर्ने र साम्राज्यवाद विरुद्ध प्रतिरोध तिब्र पार्ने उद्येश्यले नेकपाले विचार संश्लेषण गर्ने भएको हो । विचार संश्लेषणका लागि नेकपाले आगामी छ महिना वरपर विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिका निर्णयहरुलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिदै प्रचार विभाग प्रमुख/ इन्चार्ज अनिल सीले विचार विश्लेषणमा पार्टीले विशेष जोड दिएको बताए । विप्लवको विचार संश्लेषणसँगै माओवादीहरूबिचको एकता अझै अनिश्चित बनेको छ ।
Read More
झापा कपमा आज राजा क्लब र जिटिए दार्जिलिङ खेल्दै

झापा कपमा आज राजा क्लब र जिटिए दार्जिलिङ खेल्दै

बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो । बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगिताको…
Read More
ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए । मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित…
Read More
साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत मोर्चा अपरिहार्य : प्रकाण्ड

साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत मोर्चा अपरिहार्य : प्रकाण्ड

कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय समितिको छैटौं बैठकमा सोमबार प्रशिक्षण मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि मोर्चा जरुरी रहेको बताएका हुन् । “अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अवरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ-“कपिलवस्तुमा जारी केन्द्रिय समिति बैठकमा बोल्दै प्रकाण्डले भने-“यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य…
Read More
प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए । आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता…
Read More
झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

बिर्तामोड। भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम…
Read More
ne_NPNepali