Purbi Garjan

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काँकडभिट्टाका सिटी सफारी चालकलाई रिफ्लेक्टिभ ड्रेस वितरण

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काँकडभिट्टाका सिटी सफारी चालकलाई रिफ्लेक्टिभ ड्रेस वितरण

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काँकडभिट्टाका सिटी सफारी चालकलाई रिफ्लेक्टिभ ड्रेस वितरण

काँकडभिट्टा, १८ वैशाख – १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) को विशेष अवसर पारेर झापाको काँकडभिट्टामा सिटी सफारी चालकहरूका लागि एक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्य तथा मेची नेत्रालय आँखा अस्पतालको सहयोगमा यहाँ सञ्चालित सिटी सफारीका चालकहरूलाई रिफ्लेक्टिभ ड्रेस (फ्लोरेसेन्ट ज्याकेट) वितरण गरिएको हो। सडक सुरक्षा र चालकहरूको व्यवसायिक पहिचानलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय यातायात क्षेत्रमा नयाँ उत्साह थपेको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै ट्राफिक पोष्ट काँकडभिट्टाका इन्चार्ज नारायण राईले यो अभियानले सवारी व्यवस्थापन र चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार रिफ्लेक्टिभ ड्रेसको…
Read More
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस) विभिन्न कार्यक्रमसहित मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस) विभिन्न कार्यक्रमसहित मनाइँदै

झापा ।  आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। प्रत्येक वर्ष मे १ तारिखका दिन मनाइने यो दिवस श्रमिकहरूको हक, अधिकार, सम्मान र योगदानको कदर गर्न समर्पित रहेको छ। नेपालमा पनि श्रमिक संघ–संस्थाहरू, ट्रेड युनियनहरू तथा विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरूले र्‍याली, सभाहरू र अन्तर्क्रिया कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्। राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा श्रमिकहरूले आफ्नो अधिकार सुनिश्चित गर्न र श्रम कानुनको प्रभावकारी कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेका छन्। यस अवसरमा सरकारका प्रतिनिधिहरूले श्रमिकहरूको सुरक्षा, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा सम्मानजनक कामको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै, श्रमिक नेताहरूले अझै पनि धेरै मजदुरहरू असंगठित क्षेत्रमा…
Read More
पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो, ग्यास र हवाई इन्धन महँगियो

पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो, ग्यास र हवाई इन्धन महँगियो

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू हुने जनाएको छ। समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँका दरले मूल्य घटाइएको छ। तर, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ। त्यसैगरी, हवाई इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) दुवैको मूल्य पनि बढाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमको भनाइ छ। निगमका अनुसार मूल्य समायोजन…
Read More
धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल भोलिदेखी

धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल भोलिदेखी

मेचीनगर।  झापाको मेचीनगर–१०, धुलाबारीस्थित नन्दा कोरिडोरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा बिर्तामोड, कनकाई, शिवसताक्षी, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा आयोजक मेचीनगर नगरपालिकाका दुई टोली समावेश छन्। https://youtu.be/LyV72iPSHGg?si=GNzOfuy9speW8O0X आयोजक समितिले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न नगरस्तरीय प्रतियोगितालाई यस वर्ष जिल्ला स्तरमा विस्तार गरिएको जनाइएको छ। मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले…
Read More
झापाका सिमानाकामा अझै तस्करी, ८ लाख ४० हजार बराबरको स्याउ बरामद

झापाका सिमानाकामा अझै तस्करी, ८ लाख ४० हजार बराबरको स्याउ बरामद

झापा, वैशाख १५ — झापाको झापा गाउँपालिका–१ सालमारा क्षेत्रबाट ठूलो परिमाणमा अवैध स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब १२:३० बजे जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाइ छिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। छापामार क्रममा बिल–बिजक बिना अवैध रूपमा भण्डारण गरी राखिएको १०४ कार्टुन, करिब २०८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य रु. ८ लाख ४० हजार रहेको छ। बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।…
Read More
विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का…
Read More
बलभद्रमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

बलभद्रमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

मेचीनगर । मेचीनगर–३ वडा कार्यालयअन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा आगामी बैशाख १६ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यालयको आर्थिक सहयोगमा बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिएको वडा खेलकुद समितिका संयोजक तथा वडा सदस्य खेम सावाले जानकारी दिनुभयो। मेचीनगरका १५ वटा वडाबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने अर्पण मगरले बताउनुभयो। १६ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल २४ गते हुनेछ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र…
Read More
पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

प्रविण अधिकारी झापा  । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्। पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो। सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ। दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२)…
Read More
आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज ( २० अप्रिल) साँझ६ बजेदेखि बन्द हुनेभएको छ। उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ। पश्चिम बंगालसँग सिमा जोडिएको झापाको काकडभिट्टा र इलामको पशुपति नगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो । जिल्ला प्रशासन अधिकारी हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।…
Read More
टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा आज बेलुका ५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष महत्वको छ, किनकि फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिँदैछ। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको अवसर पनि हो। आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले सम्हाल्नेछन्। नियमित कप्तान रोहित पौडेल भने यो सिरिजमा खेल्ने छैनन् । उनी स्क्वाडमा पनि समावेश गरिएका छैनन्। यस्तो अवस्थामा दीपेन्द्रका लागि टोलीलाई जित दिलाउँदै सिरिजको सुखद सुरुवात गर्ने चुनौती रहनेछ। नेपाल र यूएई टी–२०आईमा…
Read More
ne_NPNepali