लेनिनको प्रेम

Byadmin

९ चैत्र २०७९, बिहीबार ०८:२६ ९ चैत्र २०७९, बिहीबार ०८:२६ ९ चैत्र २०७९, बिहीबार ०८:२६

भ्लादिमिर लेनिन ‘रुसी क्रान्ति’का नायकका रूपमा चिनिन्छन्, जुन क्रान्तिले विश्व राजनीतिकै रुपरेखा बदलिदिएको ठानिन्छ । रुसमा कम्युनिस्ट पार्टीको स्थापना गरेका लेनिनले सन् १९१७ मा रुसी क्रान्तिको शिर उठाइदिएका थिए । रुसमा क्रान्ति सफल भएपछि उनी क्रान्तिकारी, राजनीतिज्ञ मात्र रहेनन्, विश्वमै प्रभाव छोड्न सफल समाज र दर्शनशास्त्रीका रूपमा चिनिए ।

नेपालमा समेत यहाँको सबैभन्दा ठूलो पार्टी नेकपाले लेनिनवाद अंगिकार गरेको पाइन्छ । शिलापत्रको फरक पाटोमा उनै स्व. लेनिनको प्रेम कहानी, जो धेरैका लागि चाखलाग्दो हुन सक्छ, प्रस्तुत गरेका छौँ । लेनिनको यो कथाको स्रोत उनको सबैभन्दा नजिककी साथी अलेक्जेन्डर कोलान्ताई (Alexandra Kollantai) को पुस्तक ‘अ ग्रेट लभ’लाई मानिएको छ । लेनिनको प्रेम त्रिकोणमा आधारित यो किताब सन् १९२३ मा प्रकाशित भएको थियो । त्यस बेला यो किताबले तत्कालीन सोभियत संघमा तहल्का पिटेको थियो ।

किताब पूर्णतः लेनिनको प्रेमकथामा आधारित थियो । किताबमा ‘मालिक्नी’ भनिने इनेसा अर्मान्ड (Inessa Armand) लाई लेनिनकी प्रेमिकाका रूपमा प्रस्तुत गरिएको थियो । पछि यस्तै अरु पनि किताब प्रकाशित भए ।

रुसी क्रान्तिका नायक मानिने भ्लादिमिर लेनिन सन् १८७० मा सिन्विर्स्क भन्ने ठाउँमा एक कुलिन परिवारमा जन्मिएका थिए । लेनिन १९१७ देखि १९२४ सम्म सोभियत रुस र १९२२ देखि १९२४ सम्म सोभियत संघको पनि ‘हेड अफ गभर्नमेन्ट’ भएका थिए । उनको जीवनकहानी बडो विचित्रको छ ।

लेनिनले आफ्नो जीवनमा दुई महिलासँग प्रेम गरे । एक उनकी पत्नी बनिन् भने अर्की क्राउन लाइफ पार्टनर । यी तीनबीच अजीव खालको सम्बन्ध थियो ।

सबैभन्दा पहिला उनकी पत्नीको कुरा गरौँ । उनको नाम थियो, नादेज्दा क्रुप्सकाया (Nadezhda Krupskaya) । मिस्ट्रेसको नामले चिनिने इनेसा, जो फ्रेन्च-रुसी कम्युनिस्ट थिइन् । यी दुई महिलामा निकै प्रतिद्वन्द्विता थियो । यसका बाबजुत यो सम्बन्धलाई यी तीन जनाले रमाइलोसँग निभाए । उनीहरूबीचको सम्बन्ध वास्तवमै अस्वाभाविक थियो तर उनीहरू एक परिवार भएर बसेका थिए ।

१२ अक्टाेबर १९२० मा उनकी अभिन्न साथी, प्रेमिका, संगिनी, मिस्ट्रेस इनेसाको निधन भयो । लेनिनका निकटस्थहरूले भनेका थिए, ‘यसपछि लेनिन धेरै नै विक्षिप्त बनेका थिए ।’

सोभियत साइट रसियन बियान्डले यसबारे एक विस्तृत आर्टिकलमा तत्कालीन क्रान्तिकारी तथा लेनिनकी सहयोगी अलेक्जेन्डर कोलान्ताईलाई उद्धृद गर्दै लेखेको छ, ‘शवयात्रामा लेनिन हामीसँग हिँडिरहेका थिए । उनले आफ्नो आँखा बन्द गरेका थिए । उनलाई सम्हाल्नुपरेको थियो ।’

Uniglbe BBADAV
पछि कोलान्ताईले यसैमा लेखेकी हुन् ‘अ ग्रेट लभ’ । यसमा लेनिन जीवनको प्रेम त्रिकोणबारे सविस्तार वर्णन गरिएको छ ।

प्रेमिकाको निधन भएपछि..

निधनभन्दा पहिले इनेसा कैयौँ हप्ता बिरामी भइन् । पछि अचानक उनले संसार त्यागिन् । जुन ठाउँमा उनको असामयिक निधन भएको थियो, त्यो ठाउँ मस्कोभन्दा ८ सय ५० माइल टाढा थियो । इनेसाको मृत्युको खबर पाएलगत्तै लेनिन निर्निमेष बने ।

इनेसा इनेसासँग लेनिनको भेट निर्वासनका क्रममा भएको थियो । यद्यपि, त्यति बेलासम्म लेनिनको बिहे भएको ११ वर्ष भइसकेको थियो ।

को थिइन् इनेसा ?

इनेसा इनेसाकी आमा अंग्रेज र पिता फ्रेन्च थिए । उनका पिता रंगकर्मी थिए र थिएटरका लागि रुस गएर बसेका थिए । १५ वर्षसम्म उनी मस्काेमा बसेकी थिइन् । उनका बुबाकाे मृत्यु भएपछि हजुरआमा र सानिमाले उनलाई रुस पुर्‍याएका थिए ।

३५ वर्षकाे उमेरमा उनले दाेस्राे विवाह गरेकी थिइन् । उनकाे दाेस्राे पति थिए भ्लादिमिर अर्मान्ड, जाे इनेसाकाे क्रान्तिकारी विचारबाट प्रभावित थिए । पाँच बच्चा भएपछि उनका पति बितेका थिए । तर, इनेसाले जीवन यतिकै थन्किन दिइनन् । उनी क्रान्तिमा अझै सक्रिय भएर हाेमिइन् । कउनले फ्रान्सेली समाजवादीहरूसँग सम्पर्क बढाइन् । क्रान्तिकार साहित्यहरू अनुवाद गरिन् । अर्थशास्त्रमा डिग्री पनि पूरा गरिन् । बाेल्शेभिक कमरेडहरूले इनेसाकाे जाेशकाे तारिफ गर्थे ।

पति वियाेगका बाबजुद राजनीतिमा उनले सक्रियता बढाइन् । जब उनलाई निर्वासित गरियो, त्यसपछि उनी लेनिनको सम्पर्कमा आएकी थिइन् । प्रहरी र अरु मान्छे पनि उनलाई लेनिनकी मालिक्नी ठान्थे । उनी लेनिनसँग धेरै नजिक थिइन् । यो कुरा क्रुप्सकायालाई थाहा थियो । उनी स्वयम् पनि इनेसालाई खुब मन पराउँथिन् ।

‘अ ग्रेट लभ’ मा लेखिएको छ, ‘एकपटक लेनिनकी पत्नीले जानाजान इनेसा र लेनिनलाई करिब एक हप्तासम्म सँगै बस्न दिइन् । इनेसाको जीवनी लेख्ने जन क्रेभिलका अनुसार उनमा बुद्धिमता र असाधारण सौन्दर्य थियो । साथै ऊर्जा, नारी सुलभ गुणका साथै व्यवहार, बुद्धि र क्रान्तिकारी आवेगको अद्‌भूत समन्वय थियो । यस्तो सशक्त सम्मोहनका सामु को बच्न सक्थ्यो !

भेटघाट पातलियो

‘इनेसा इनेसाको निधन भएपछि लेनिन अन्तिम समयमा अन्तिम संस्कारमा पुगे । उनले आफ्नो अनुहार लुकाएका थिए ताकि, उनी दुःखी भएकाे कुरा कसैले थाहा पाउन नसकोस्’, अ ग्रेट लभमा उल्लेख छ ।

कालान्तरमा लेनिन र इनेसाबीच भेटघाट पातलिँदै गयो । इनेसा बिरामी भएपछि उनलाई उपचारका लागि क्रिमिया पठाउने व्यवस्था लेनिनले नै गरिदिएका थिए । उनको अन्तिम संस्कारका बेला लेनिन अघोषित रूपमा पुगेका थिए । ‘अ ग्रेट लभ’की लेखिका कोन्तालाईका अनुसार लेनिनले अनुहार छोपेका थिए ताकि कसैले उनलाई दुःखी देख्न नसकोस् ।

भेट

इनेसा र लेनिनको पहिलो भेट सन् १९०९ मा भएको थियो । यसपछि उनीहरूलाई पेरिसमा एकसाथ बस्ने र काम गर्ने मौका मिल्यो । जसले उनीहरूका बारेमा थाहा पाएका थिए, उनीहरू भन्थे, ‘इनेसा र लेनिनको सम्बन्ध साथीभन्दा धेरै माथि छ । लेनिन इनेसाप्रति पागल थिए । इनेसा पनि लगातार लेनिनलाई चिट्ठी लेख्ने गर्थिन्, जसमा उनले लेनिनप्रति आफ्नो प्रेम अभिव्यक्त गरेकी हुन्थिन् ।’

लेनिनपत्नीको भूमिका

इनेसासँग भेट हुनुभन्दा ११ वर्षअघि नै लेनिनको विवाह नादेज्दा क्रुप्सकायासँग भएको थियो । नादेज्दा एक पत्नी र समर्पित क्रान्तिकारी मात्र थिइनन्, लेनिनकी सबैभन्दा विश्वासपात्र सहयोगी पनि थिइन् । अक्सर उनी लेनिनको जिन्दगीमा इनेसा आएको प्रति निराश भने थिइन् । तर, पछि यी दुई महिलाले आफूबीचको सम्बन्ध एक असल साथीका रूपमा विकास गरे ।

लेनिनले रुसी कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । १९१७ मा उनको नेतृत्वमा रुसी क्रान्तिले शिर उठायो । यस कारण १९२२ मा सोभियत संघको स्थापना भयो । समाज र दर्शनशास्त्रलाई लिएर लेनिनको मार्क्सवादी विचारले रुस मात्र होइन, संसारलाई नै प्रभावित गर्‍यो । उनको यो विचारधारालाई लेनिनवादको नामले चिनिन्छ ।

१९२४ मा लेनिनको निधन

लामो बिमारपछि २१ जनवरी १९२४ मा हृदयाघातका कारण लेनिनको निधन भयो । त्यो बेला उनको सम्मानमा रुसको पश्चिमी तटवर्ती क्षेत्र सेन्ट पिटर्सवर्गको नाम परिवर्तन गरी लेनिनग्राद गरियो । यद्यपि, धेरै मानिस कम्युनिस्टको नाममा शहरको नामकरण गरिएको प्रति सन्तुष्ट थिएनन् । त्यसैले १९९१ मा यसलाई फेरि सेन्ट पिटर्सवर्ग बनाइयो ।

जब किताब प्रकाशित भयो

लेनिनको मृत्यु हुनुअघि १९२३ मा लेखिका अलेक्जेन्डर कोलान्ताईले लेनिनको त्रिकोण प्रेममा आधारित किताब नर्वेमा प्रकाशन गरेकी थिइन् । अलेक्जेन्डर कोलान्ताई पनि सोभियत संघले निर्वासित गरेपछि नर्वेमा बस्दै आएकी थिइन् । यो किताबले सोभियत संघमा तहल्का पिट्यो ।

लेनिनको यो प्रेमकथाका बारेमा उनका सबै सहयोगीलाई थाहा थियो तर सबै मौन थिए । किताबमाथि धेरैले धेरै खालका प्रतिक्रिया दिए । त्यो समयसम्म सोभियत संघमा स्टालिनको उदय भइसकेका थियो । उनले यो किताबलाई आधार बनाएर बूढी भइसकेकी लेनिनकी पत्नी क्रुप्सकायालाई नै निशाना बनाएका थिए ।

प्रस्तुतिः नवराज कुँवर

साभार शिलापत्र

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *