झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ ।

प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो समेत बढ्न थालेको छ ।

जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा दुई पाङ्ग्रे देखि राता बससम्म मासिक रकम असुली गर्ने गरेको तथ्य विशेष स्रोतबाट प्राप्त भएको छ। यस बिषयमा बुझ्दा हरेक ट्राफिक पोष्टले जिल्लामा मासिक रकम बुझाउने गरेको पाइएको छ।

विशेष श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालयलाई काँकरभिट्टा ट्राफिक पोष्टबाट २५ हजार, चारआली ट्राफिकबाट २० हजार, नयाँ बसपार्क विर्तामोड ट्राफिक १५ हजार, बुधबारे ट्राफिक पोष्टबाट ३० हजार, लक्ष्मीपुर ट्राफिक १५ हजार, सुरूङ्गा ट्राफिक २० हजार, केर्खा ट्राफिक १५ हजार, दमक ट्राफिक १५ हजार र गौरादह ट्राफिक पोष्टले १५ हजार मासिक अवैध रकम असुलेर बुझाउनेगरेको पाइएको हो ।

प्रत्येक ओभर लोड ट्रकबाट मासिक ५ हजार रूपैयाँ ट्राफिक प्रहरीले असुल्ने गरेको पाइएको छ । जिल्ला भरका टिपरबाट पनि ट्राफिक प्रहरीले मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । त्यस्तै साना तथा ठुला सवारी साधानहरूबाट समेत ट्राफिक प्रहरीले विभिन्न बहानामा रकम असुल्ने गरेकाे तथ्य प्राप्त भएको छ ।

पछिल्लो समय ट्राफिक व्यवस्थापन भन्दा पनि ट्राफिक प्रहरीको ध्यान रकम असुलीतिर पुगेपछि दुर्घटनाको जोखिम समेत बढेर गएको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *