मेचीनगर । मेचीनगर-६ निवासी दिपेन बरालका २२ महिनाकाे छाेरा सिदार्थ बाबू बरालकाे बाेन म्याराे क्यान्सरकाे प्रत्यारोपणकाे उपचारका लागि परिवारले सहयाेगकाे अपिल गरेकाे छ ।

आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरकाे कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयाेग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयाेगका लागि सार्वजनिक रूपमा अपिल गरेकाे हाे ।

सिद्वार्थको हाल भारतकाे भेलाेर स्थित सीएमसीमा बाेन म्याराे क्यान्सरकाे उपचार भइरहेकाे उनका बाबू दिपेनले बताए । उनले अहिलेसम्म उपचारमा १६ लाख खर्च भइसकेकाे बताए ।

अस्पतालका चिकित्सकका अनुसार १५ दिनभित्र ४२ लाख भारतीय रूपैयाँ जम्मा गरे मात्र प्रारम्भिक उपचार गर्न सकिने बताएको उनकाे भनाई छ ।

बाबुकाे ६ महिनाकाे उपचार गर्न करिव नेपाली १ कराेड रूपैयाँ खर्च लाग्ने उनले बताए ।

´बिर्तामोडमा रहेकाे १३ धुर जग्गा विक्रीमा छबरालले भने- ´जग्गा विक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुकाे उपचार गर्न पैसा नभएकोले सबैसँग सहयाेगकाे अपेक्षा गरेकाे छु ।

स्थानीय समाजसेवी सागर शिवाकोटीकाे संयाेजकत्वमा सिदार्थ बाबू उपचार सहयाेग समिति बनाएर अभियान सुरू गरिएको छ ।

समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, हरि तिम्सिना, रूपसागर अधिकारी लगायत रहेका छन् । आजै सिदार्थ बरालकाे उपचारका लागि स्थानीय समाजसेवी धर्मराज घिमिरेले समितिलाई पुग्ने गरि प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई ५१ सय प्रदान गरेका छन् ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *