Skip to main content

Purbi Garjan

ताजा खबर

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु

नुवाकोट । बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु भएको छ। दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाएको थियोे ।
Read More
तेस्रो मुलुकका पर्यटकका लागि पनि खुल्यो पुर्वी नाका काकडभिट्टा

तेस्रो मुलुकका पर्यटकका लागि पनि खुल्यो पुर्वी नाका काकडभिट्टा

मेचीनगर। कोरोना महामारी पश्चात् तेस्रो मुलुकका पर्यटकहरुका लागि बन्द रहेको पुर्वी प्रवेशद्वार खुला भएको छ। अब तेस्रो मुलुकका पर्यटकहरु सहजै काकडभिट्टा हुँदै भारततर्फ प्रस्थान गर्न पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आवतजावतको अनुमति दिएसँगै सिमानाका व्यवसायीहरु खुसी बनेका छन्। । कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकहरुलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटन र होटल व्यवसायीहरुलाई परेको थियो । यही १ अगष्ट २०२४ देखि भारतीय पक्षले नाका खुलाएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । भारतीय अध्यागमन कार्यालयले टेलिफोनमार्फत तेस्रो मुलुकका पर्यटकहरुका लागि पनि नाका खुलेको जानकारी गराएको अध्यगमन कार्यालय…
Read More
प्रभु बैंक: मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली भन्दै विज्ञप्ति जारी

प्रभु बैंक: मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली भन्दै विज्ञप्ति जारी

बिर्तामोड । झापाको विर्तामोडमा अवस्थित प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको १ करोड १० लाख ४३ हजार बराबरको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए ।   प्रभु बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालयको…
Read More
जसपाका युवा नेता सहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी प्रवेश

जसपाका युवा नेता सहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी प्रवेश

बिर्तामोड । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको…
Read More
घट्यो पेट्रोल र डिजेलको मुल्य

घट्यो पेट्रोल र डिजेलको मुल्य

झापा । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । तेस्तै तेस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार…
Read More
पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ। रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।
Read More
लागूऔषध मुद्दामा इप्रका काकडभिट्टाको हिरासतमा रहेका मेचीनगरका एक युवाको मृत्युु

लागूऔषध मुद्दामा इप्रका काकडभिट्टाको हिरासतमा रहेका मेचीनगरका एक युवाको मृत्युु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ काकडभिट्टा स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। साउन १३ गते पुरानो मेचिपुलबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका मेचिनगर नगरपालिका वडा न. ७ पालिया स्थित आदर्श टोल बस्ने २८ बर्षको झक बहादुर खड्काको मृत्युु भएको हो । लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका उनको आज बिहान १:५५ बजे निधन भएको प्रहरीले जनाएको छ। अन्दाजी १:४० बजे निजको स्वास्थ अवस्था असहज भई तत्काल आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।…
Read More
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

झापा । गत असार ३० गते संसद्को ठुलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अन्तर्गत प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको बुझिएको छ। यता सोही दिन प्रधानमन्त्री नियुक्तिको प्रक्रिया गलत भएको भनी सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ हुँदैछ ।  
Read More
ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

झापा । नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् भने ४ दल सहभागी रहेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । यस्तो छ ओली क्याबिनेट प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री रमेश लेखक: गृहमन्त्री शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा डा. आरजु देउवा : परराष्ट्रमन्त्री प्रदीप यादव: खानेपानीमन्त्री बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री दामोदर भण्डारीः उद्योग…
Read More
चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली, सोमबार सपथ ग्रहण

चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष ओली, सोमबार सपथ ग्रहण

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि प्रचण्ड सरकारलाई गरेको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्न सहमति भएको थियोे । सोही अनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु…
Read More
ne_NPNepali