Purbi Garjan

मेचीनगर–४ मा टोल विकासको नयाँ अवधारणा पत्र सार्वजनिक, प्रत्येक टोललाई रु. ५० हजार अनुदान

मेचीनगर–४ मा टोल विकासको नयाँ अवधारणा पत्र सार्वजनिक, प्रत्येक टोललाई रु. ५० हजार अनुदान

मेचीनगर–४ मा टोल विकासको नयाँ अवधारणा पत्र सार्वजनिक, प्रत्येक टोललाई रु. ५० हजार अनुदान

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल सुधार अनुदान छुट्याइएको घोषणा गरिएको हो। अवधारणा पत्रले तत्कालीन आवश्यकता—जस्तै सडक बत्ती, धारा मर्मत, सरसफाइ, करेसाबारी र फुलबारी विकास—मात्र होइन, सांस्कृतिक पुनर्जीवन, स्वास्थ्य र पोषण, सामाजिक समावेशीकरण, आर्थिक आत्मनिर्भरता, शिक्षा–प्रतिभा विकास तथा पर्यावरण संरक्षणलाई दीर्घकालीन लक्ष्य बनाएको छ। पाँचवर्षे योजना अनुसार पहिलो वर्ष भौतिक संरचना र आधारभूत तालिममा जोड दिइने, दोस्रो वर्षदेखि आर्थिक र सांस्कृतिक विस्तार गरिने र पाँचौँ वर्षसम्म आत्मनिर्भर टोल मोडेलको स्थापना…
Read More
विप्लव नेतृत्वको नेकपाद्वारा जनश्रममार्फत २ सय मिटर बाटो निर्माण

विप्लव नेतृत्वको नेकपाद्वारा जनश्रममार्फत २ सय मिटर बाटो निर्माण

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पलाता गाउँ कमिटीले जनश्रममार्फत करिब २०० मिटर लम्बाइको घोरेटो बाटो निर्माण गरेको छ। पलाता गाउँपालिका–२ कालजोसी डाँडामा विहिबार पार्टी कार्यकर्ता र स्थानीयवासीको सक्रिय सहभागितामा करिब ५० जनाले बाटो निर्माणमा श्रमदान गरेका हुन्। सो कार्य नेकपाका केन्द्रीय सदस्य तथा गाउँपालिकाका इन्चार्ज साहासी सीको नेतृत्वमा सम्पन्न भएको नेकपाले जनाएको छ। स्थानीयलाई आवतजावतमा ठूलो कठिनाई भएपछि नेकपाको पहलमा बाटो निर्माण गरिएको हो। निर्माण कार्यमा नेता साहासी स्वयं पनि दिनभर श्रमदानमा सहभागी भएका थिए। ‘जनताको साथमा रहेको जनताको पार्टी भएकाले समस्या समाधानका लागि बजेटको मुख ताकेर बस्ने होइन, जनश्रम गरेर भए पनि बाटो निर्माण गरेका हौं,’ नेता…
Read More
शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापामा, यसपटक राप्रपाको तामझामबिनै स्वागत

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापामा, यसपटक राप्रपाको तामझामबिनै स्वागत

झापा । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापा आइपुग्नु भएको छ । उहाँसहितको परिवार करिब १० दिन झापामा बस्ने कार्यक्रम रहेको छ । शाह  बुद्ध एयरको काठमाडौं–चन्द्रगढी उडानमार्फत झापा आइपुग्नु भएको हो । चन्द्रगढी विमानस्थलबाट उहाँ सिधै दमक नगरपालिका–९ स्थित हिमालयन महालक्ष्मी टि–इस्टेटतर्फ लाग्नुभएको छ, जहाँ शाहको स्वामित्वमा चिया बगान र मिनी दरबार रहेको छ । शाहसँगै कोमल शाह, छोरी प्रेरणा शाहलगायत परिवारका ६ सदस्य पनि झापा आएका छन् । विमानस्थलमा बा.२१ च ७३१८, बा.६ च २८२९, बा.प्र.०१–०२७ च ६१७१, बा.१७ च ७३६२, बा.१ झ १४८४, बा.१७ च २६७६, बा.४ च ६९७६ र बा.१ झ ३९१३ नम्बरका आठ वटा…
Read More
सोह्र वर्षकी युवतीमाथि जबर्जस्ती करणी पछि झापामा दुई वृद्ध पक्राउ

सोह्र वर्षकी युवतीमाथि जबर्जस्ती करणी पछि झापामा दुई वृद्ध पक्राउ

झापा । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूले  बालिकालाई ललाइफकाइ तथा डर त्रास देखाई  पाथीभरा सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेका थिए । आइतबार दिउँसो बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएर टोलीले खत्री र तामाङलाई पक्राउ गरी जिल्ला पठाएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत :टाइम्स अफ प्रदेश 
Read More
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

झापा । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले श्रद्धा एवं आस्थाका साथ मनाउँदै छन्। यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजापाठ गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिन्छ। यस अवसरमा छोराछोरीले आ–आफ्ना बाबुलाई मनपर्ने भोजन तथा मिठाई खुवाई आदर र सम्मान प्रकट गर्ने परम्परा छ। बाबु नभएकाहरूले भने पवित्र स्थानमा गई तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा…
Read More
टप एण्ड टी- ट्वान्टी: आज नेपाल र पाकिस्तान भिड्दै

टप एण्ड टी- ट्वान्टी: आज नेपाल र पाकिस्तान भिड्दै

झापा । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृङ्खला अन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको अन्तिम खेलअन्तर्गत आज नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे खेल सुरु हुनेछ। सहभागी ११ टोलीमध्ये हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनलमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ।
Read More
झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटा स्थित मेचीराजमार्गमा आज बिहान इभी भ्यान दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् । आज भदौ ६ गते राति करिब १:२० बजेतिर ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको इभी भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्दार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको छ । भ्यान भने घटनास्थलमै रहेको र सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण : १. चालक तथा भ्यान साहुजी — लाक्पा थेपेन शेर्पा, ३० वर्ष, फुङलिङ–२, ताप्लेजुङ (बाहिरी चोट नदेखिएको, सामान्य अवस्थामा, प्रहरी नियन्त्रणमा) २. सेसेहाङ सुवा, १२…
Read More
नेपालबाट भारत गएको प्लाइ भारतीय राजस्व विभागको नियन्त्रणमा

नेपालबाट भारत गएको प्लाइ भारतीय राजस्व विभागको नियन्त्रणमा

झापा । भारतको राजस्व गुप्तचर विभाग (DRI) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी–रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले भन्सार ऐन १९६२ को धारा ११०(१) अनुसार करिब तीन हजार थानभन्दा बढी प्लाईउड जफत गरेको जनाएको छ। सौरभ कुमार दास (ठेगाना: त्रिलोक्या नगर, बागडोग्रा) द्वारा आयात गरिएको उक्त सामानको बिल अफ एन्ट्री नम्बर ३७१९४३०, मिति ६ अगस्ट २०२५ रहेको छ। DRI को अनुगमनमा प्लाईउडमा अनिवार्य रूपमा हुनुपर्ने चिन्ह, ट्रेडमार्क, उत्पादन मिति, मोटाई तथा गुणस्तर (ग्रेड) उल्लेख नभएको पाइएको छ। कागजातमा एमआर ग्रेड भनेर घोषणा गरिएको भए पनि वास्तविक सामानमा बीडब्लु आर र बीडब्लु पी ग्रेड पाइएको विभागले जनाएको…
Read More
मेचीनगरमा अनेरास्ववियूद्वारा १५० विद्यार्थी सम्मानित

मेचीनगरमा अनेरास्ववियूद्वारा १५० विद्यार्थी सम्मानित

मेचीनगर, झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले एसईई र कक्षा १२ उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान गरेको छ। मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई अबिर, टीका र मायाको चिनो सहित सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय महासचिव दीपक धामी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं वागमती प्रदेशका पूर्व प्रमुख विष्णुप्रसाद प्रसाईं, एमाले केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, कोशी प्रदेश कमिटी सदस्य एवं मेचीनगर इञ्चार्ज देवकुमार राईसहितका नेताले विद्यार्थीलाई सम्मान गरेका थिए। वक्ताहरुले विद्यार्थी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई स्मरण…
Read More
जेसीज सप्ताह समापन: एसइईमा उत्कृष्ट दुई विद्यार्थी सम्मानित

जेसीज सप्ताह समापन: एसइईमा उत्कृष्ट दुई विद्यार्थी सम्मानित

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ समापन कार्यक्रम अन्तर्गत एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालयकी छात्रा नविता कटुवाल (जीपीए ३.४४) र मेची जनसाधारण माध्यमिक विद्यालयका सुशान्त खतिवडा (जीपीए ३.५५) लाई १५–१५ सय रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो। सम्मानित दुई विद्यार्थीलाई बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँ , नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायले नगद सहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए।
Read More
ne_NPNepali