इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको छ।…
काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । तमोर कोरिडोर सडकको…
झापा, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमामा आज सात वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड, लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली, क्रिस्टल प्यालेस र लिभरपुल, नटिङघम फरेस्ट र सन्डरल्याण्ड तथा टोटनहम र उल्भ्सको खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले खेल्नेछन् । त्यस्तै राति पौने आठ बजे लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली तथा क्रिस्टल प्यालेस र लिभरपुलबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे नटिङघम फरेस्ट र सन्डरल्याण्डले खेल्दा पौने एक बजे टोटनहम र उल्भ्सको…
झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै एकमा…
झापा, १० असोज । बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्। पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।
झापा, ९ असोज । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१–८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख…
झापा, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः…
भद्रपुर, ८ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा…
झापा, ८ असोज । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ ।…