Purbi Garjan

मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

झापा। लागुऔषध नियन्त्रण तथा अपराध रोकथामका उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन (K9) शाखा धरान, सुनसरीबाट खटिएको डग स्न्यापिङ टोलीले झापाको मेचिनगर क्षेत्रका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरेको छ। मंगलबार साँझ ५ बजेदेखि गरिएको उक्त अपरेशन अन्तर्गत मेचिनगर–९ झोडा लिलाबस्ती, खुट्टिडाँगी क्षेत्र र मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी तथा दनुवार बस्ती क्षेत्रमा प्रहरीले दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा लागुऔषध खोजतलास गरेको हो। स्न्यापिङ अपरेशनका क्रममा तीन जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचिनगर–९ झोडा बस्ने २४ वर्षीय रोशन डाँगी रहेका छन्। उनको साथबाट लागुऔषध ट्रामाडोल (Tramadol) ६८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, २२ वर्षीय अर्जुन दर्जीलाई लागुऔषध सेवन…
Read More
प्रहरीको मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी, सशस्त्रले बरामद गरेपछि खुल्यो रहस्य

प्रहरीको मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी, सशस्त्रले बरामद गरेपछि खुल्यो रहस्य

बिर्तामोड – इलामका सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा झापातर्फ काठ तस्करी हुने गरेको खुलासा भएको छ। स्थानीय सचेत युवाहरूले पत्रकार सम्मेलनमार्फत यस्तो आरोप सार्वजनिक गरेका हुन्। रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ सामुदायिक बनलगायतका वन क्षेत्रबाट काठ तस्करी भइरहेकाबारे बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरी जानकारी दिइयो। युवाहरूले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तस्करी रोक्न प्रयास गर्दा प्रहरीकै मिलेमतोका कारण धम्की र फसाउने प्रयास भइरहेका छन्।” गत साउन ३ गते बिहान स्थानीय युवाको सक्रियता र सशस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा–१ बाट मे १ ज ११६५ नम्बरको पिकअपमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरिएको थियो। बरामद काठ प्रहरीलाई जिम्मा लगाइएको थियो।…
Read More
“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

बिर्तामोड । अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने वार्षिक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम ‘झापा रक स्टार’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। यो प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थी समूहबीच सांगीतिक प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ। गत वर्ष २०८१ मा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले राम्रो सफलता पाएपछि यस वर्ष विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो। संगीत आफैंमा मानव जीवनको अभिन्न पाटो मात्र नभई समाज र संस्कृतिको प्रतिबिम्ब रहेको र विज्ञहरूका अनुसार संगीत साधना, धैर्यता र अनुशासन मात्र नभएर उपचारको प्रभावकारी विधि पनि हो। यही प्रवृत्तिलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई लाइभ…
Read More
समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र घोषणापत्र चाहिन्छ : विप्लव सी

समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र घोषणापत्र चाहिन्छ : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र आवश्यक भएको बताएका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै विप्लवले भने, “भ्रष्टाचार र विचौलियाको आरोप खेपिरहेका छौं। देशले नयाँ योगदानको माग गरेको छ। त्यसका लागि समाजवादी ध्रुवीकरण आवश्यक छ। एकताका निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ।” उनले नयाँ प्रस्ताव र घोषणापत्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कम्युनिस्टहरूले खोज्नुपर्ने आवश्यकता औंल्याए। “दलाल पुँजीवाद र विचौलियालाई खाडलमा हाल्न नयाँ बहस आवश्यक छ। हिजोका प्रस्ताव…
Read More
पार्टी एकता र संयुक्त मोर्चा गरौँ, अगाडि बढौँ : प्रचण्ड

पार्टी एकता र संयुक्त मोर्चा गरौँ, अगाडि बढौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट समाजवादीबीच पार्टी एकता र संयुक्त मोर्चा बनाएर अघि बढ्न अपील गरेका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा बुधबार काठमाडौंमा आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले विचार मिल्नेहरूसँग पार्टी एकता र एजेन्डा मिल्नेहरूसँग वृहत् संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “दलाल नोकरशाही पुँजीवाद मुख्य दुश्मन हो। यसको पक्षमा जाने विरुद्ध संघर्ष गर्नुपर्छ। त्यसका लागि ध्रुवीकरणको पहल गर्नुपर्छ। पार्टी एकता र संयुक्त मोर्चा बनाऔं, अगाडि बढौं। पुष्पलाललाई आधार बनाएर पार्टी एकता गरौं।” प्रचण्डले माओवादी जनयुद्ध पुष्पलालको विचार र सिद्धान्तअनुसार अघि बढेको…
Read More
कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो : पूर्वप्रधानमन्त्री नेपाल

कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या व्यक्तिवाद भएको बताएका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, “कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो। सामूहिकताको अभाव छ। नेतृत्वको प्रवृत्ति बदल्नुपर्छ। सबैले आत्मसमिक्षा गरौं। समाजवादको आधार सामूहिकता हो, त्यसलाई जगाउने पहल गरौं।” उनले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको जिकिर गर्दै सबै कम्युनिस्टहरू एकताबद्ध भई जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। पूर्वप्रधानमन्त्री नेपालले कृषि, जलविद्युत, पर्यटन र विज्ञान प्रविधिको भरपूर उपयोग गरी सुशासन र रोजगारी सिर्जना गर्न सके समाजवादको आधार…
Read More
४९ धारामा तीनदिने धार्मिक महोत्सव,  अनौठो माछाबाट शुरु भएको आस्था

४९ धारामा तीनदिने धार्मिक महोत्सव, अनौठो माछाबाट शुरु भएको आस्था

मेचीनगर – मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। मच्छ्य देवता र नाग देवताको वासस्थल मानिने यस क्षेत्रमा प्रत्येक वर्ष नाग पञ्चमीमा विशेष पूजा हुँदै आएको छ। संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लका अनुसार, यस वर्षको कार्यक्रम पहिलेभन्दा थप व्यवस्थित र भव्य हुनेछ। कार्यक्रम तालिका पहिलो दिन (साउन ११) – साकेला नृत्य, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लाखेनाच, च्याबु्रङ नाच र भजन–कीर्तन। दोस्रो दिन (साउन १२) – पूजाआर्चना,…
Read More
डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

बिर्तामोड । स्वर्गीय देवकुमार आचार्य ‘डी कौडिण्य’को स्मृति दिवसको अवसरमा पत्रकार उद्धव पुरी सम्मानित भएका छन् । बुधबार स्वर्गीय आचार्यको २३औँ स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपाल झापा शाखाले स्वर्गीय आचार्यको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार आज विर्तामोडमा एक कार्यक्रम आयोजना गरी पत्रकार पुरीलाई प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र र नगद ४२ हजारसहित पत्रकार पुरीलाई सम्मान गरेका हुन् । प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी. कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा २०५९ साउन ७ गते शाही सत्ताले गिरफ्तार गरी चारआली व्यारेकभित्रै हत्या…
Read More
झापाको हल्दीवारीमा ग्याँस पड्किँदा आगलागी, पाँच जना घाइते

झापाको हल्दीवारीमा ग्याँस पड्किँदा आगलागी, पाँच जना घाइते

झापा। झापाको हल्दीवारी गाउँपालिका–४ स्थित ओली चौकमा ग्याँस पड्किँदा आगलागी भएको छ। आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करिब ८:४० बजे ६० वर्षीया पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा खाना पकाउने क्रममा ग्याँसबाट अचानक आगो सल्किएको हो। आगो निभाउने क्रममा घरधनी सहित उनका परिवारका सदस्य घाइते भएका छन्। घाइतेहरूलाई सुरुमा ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएको थियो भने थप उपचारका लागि विराटनगर रिफर गरिएको छ। घाइते हुनेहरूमा : १. पुण्यप्रसाद ओली (६० वर्ष) – शरीरका विभिन्न भागमा पोलेको, अवस्था मध्यम २. सन्तोष ओली (३३ वर्ष) – सामान्य चोटपटक ३. अनिता ओली (३२…
Read More
‘जिन्दगी लफडै लफडा’ टेलिफिल्ममा इलामे पत्रकार बिक्रम सुन्दासको दमदार अभिनय

‘जिन्दगी लफडै लफडा’ टेलिफिल्ममा इलामे पत्रकार बिक्रम सुन्दासको दमदार अभिनय

इलाम।  एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विभिन्न आयाम समेटिएको यस टेलिफिल्मले हाँस्यसहित गहिरो सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ। इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट उतारिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बस्ने नेपालीको कथा समेटेर समग्र नेपाली समाजको जीवनशैली देखाउने प्रयास गरिएको बताइन्छ। निर्देशक तथा कथाकार हिकस राईका अनुसार, टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पाटो जोडिएको छ। “दर्शकले हाँसोका खित्का मात्रै होइन, भावनात्मक क्षणसमेत अनुभव गर्नेछन्,” उनले भने।…
Read More
ne_NPNepali