नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए। २०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ…
झापा, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज…
माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र सेतीमा पुनः प्रयोग गरी कम्तीमा ४,०००–५,००० मेगावाटसम्मका परियोजनाहरू ३० वर्षे BOOT आधारमा अगाडि बढाउनुपर्छ । जहाँ सम्भव छ, त्यहाँ अझ ठूला आयोजना प्राथमिकतामा राखेर नेपालको उत्पादन क्षमता बढाउन र भारतमा दिगो निर्यात बजार सुनिश्चित गर्नुपर्छ । त्यसैगरी, पेट्रोलियम उत्पादनमा लाग्ने करमार्फत आवश्यक रकम संकलन भइसकेको १,२०० मेगावाट बुढीगण्डकी आयोजना तपाईंको कार्यकालमै कार्यान्वयन गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना भएकाले अब योजना चरणमै रोकिराख्ने अवस्था नराखी तत्काल निर्माण…
झापा, १ असोज । जेनजी आन्दोलनको क्रममा देशभरमा भएको घटनाप्रति तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, उद्योग व्यवसाय, प्रहरी चौकीलगायत स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाप्रति परिषद्ले दुःख व्यक्त गर्दै यसलाई निन्दनीय भनेको छ । परिषद्ले मीनबहादुर गुरुङको भाटभटेनीमाथि भएका आक्रमणको निन्दा गरेको छ । १०औं हजारलाई रोजगारी दिइरहेको भाटभटेनी सुपरस्टोरमा आगजनी र लुटपाटजस्ता अराजक गतिविधिले सम्पूर्ण नेपाली जनताको साझा पहिचान, व्यवसाय र सामाजिक संरचना नै आघातमा परेको विज्ञप्तिमा उल्लेख छ । संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न पनि परिषद्को माग छ । महासचिव अधिवक्ता राजु गुरुङले…
झापा, १ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन…
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दा विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् । विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ । ‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन । परन्तु यसलाई जाना–जान प्रवेश…
बनियानी, २८ भदौ । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बिर्तामोड नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । शुक्रबार साँझ ७ः३० कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि सवार दंगालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा बिर्तामोर-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेशकुमार थपलिया सामान्य घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । उपचारको क्रममा दंगालको मृत्यु…
पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक केन्द्र विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको ऐतिहासिक दिनको रूपमा हिजो लाई चिनिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री पदको शपथ लिएकी छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्मको राजनीतिक यात्रा विराटनगरसँग जोडिएको छ। अब, सुशीला कार्कीको नियुक्तिले यस सहरको योगदानमा नयाँ अध्याय थपेको छ। सुशीला कार्कीले धरान र विराटनगरमा वकालत पेसाबाट आफ्नो पेसागत जीवन सुरु गरेकी थिइन्। कार्की एन्ड घिमिरे ल फर्ममार्फत कानुन व्यवसायमा प्रवेश गरेकी उनले सुनसरी–मोरङ क्षेत्रकी पहिलो महिला वकिलको पहिचान बनाइन्।…
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै अब बन्ने नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ। विभिन्न कोणबाट सरकार गठनबारे बहस भइरहेको बेला बुधबार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो। उहाँले देशको अग्रगामी निकासलाई अधैर्यतापूर्ण प्रतिक्षा गरिरहेको बेला राज्यको नयाँ नेतृत्वबारे भइरहेको सानो घेराको बहसप्रति असन्तुष्टि जनाउनु भएको छ । महासचिव विप्लवले राज्यको नयाँ नेतृत्वबारे जुन घेरा भित्रबाट सोचिँदै छ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारा समेटिन सक्छ ? भनी प्रश्न गर्नुभएको छ। उहाँले स्वाधीनताको पक्षमा र भ्रष्टाचार विरुद्धको…
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा बिहीबार सुरू भएको छ। बैठक महासचिव विप्लव सीको अध्यक्षतामा प्रारम्भ भएको हो। बैठक प्रारम्भ गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। स्थायी समिति सदस्य अनिल सीका अनुसार महासचिवले प्रस्ताव प्रस्तुत गरेसँगै बैठक स्थगित भई शुक्रबार बिहान ८ बजे पुनः बस्ने भएको छ। उनका अनुसार शुक्रबारदेखि पोलिटब्युरो सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने प्रक्रिया सुरू गर्नेछन्। गम्भीर विषयमा विस्तृत छलफल हुने भएकाले बैठकलाई केही दिनसम्म निरन्तर सञ्चालन गर्ने केन्द्रीय कार्यालयको योजना रहेको पनि अनिल सीले जानकारी दिएका छन्।