काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबिच छलफल भएकाे छ । बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई पुगेका थिए । बाबुरामसँगै उनकी छोरी मानुषी यामी पनि सहभागी छिन् । उनीहरूबिच समसामयिक राजनीतिक र आगामी निर्वाचनका विषयमा छलफल भइरहेकाे बुझिएकाे छ ।
मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार विभिन्न आकर्षक सीप र कला प्रदर्शन गरेका छन्। विद्यालयले सिनियर तहका विद्यार्थीहरूको सहभागितामा विभिन्न विधासम्बन्धी प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले निर्माण गरेका धरहरा, काँकरभिट्टास्थित विश्वनाथ शिवालय मन्दिर, कृष्ण थुम्की, मिनी माउन्टेन, विभिन्न पर्यटकीय तथा धार्मिक स्थलका नमूना, स्मार्ट सिटी, प्रदूषण नियन्त्रणसम्बन्धी सामग्री, ब्रह्माण्ड, वन–जंगललगायत विज्ञानका आकर्षक नमूनाले विद्यालय परिसरमा निर्माण गरिएका पाँचवटा स्टल भरिभराउ देखिन्थे। प्रदर्शनीमा राखिएका सामग्रीबारे विद्यार्थीहरूले आफैं अभिभावकहरूलाई जानकारी गराएका थिए। आफ्ना नानीहरूले निर्माण गरेका सामग्री अवलोकन गर्न पुगेका अभिभावकहरू…
डाँडागाउँ तराई सम्पर्क मञ्चले जेष्ठ नागरिकलाई सम्मान गर्दै विशेष प्रेम–मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय पहाडबाट तराईतर्फ बसाइँसराइ, रोजगारी, उच्च शिक्षा तथा अन्य विविध कारणले गाउँ छोड्ने क्रम बढ्दै जाँदा आफन्त, नातागोता र छरछिमेकबीचको दूरी बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–३ स्थित डाँडागाउँका युवाहरूको सक्रियतामा पुष ५ गते सम्पन्न कार्यक्रममा भेटघाट, वनभोज, विभिन्न मनोरञ्जनात्मक खेल तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका डाँडागाउँवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजक समितिको नेतृत्व सुनसरीबाट रेणुका पौडेल, लेखत खड्का, भुपाल थापा र…
मेचीनगर । मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ । नाइट चेस क्लब काँकरभिट्टाको आयोजनामा यही पुस ५ गते प्रथम केसीसी प्रेसिडेन्ट खुला रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो । क्लबका अध्यक्ष विश्वविजय घिमिरेले नयाँ प्रतिभाको प्रोत्साहन र उत्पादनमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । क्लबका वरिष्ठ उपाध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर राजु पौडेलका अनुसार प्रतियोगिता विभिन्न क्याटोगोरीमा सञ्चालन हुनेछ भने विजेतालाई १ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ । काँकरभिट्टामा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा भारतलगायत अन्य…
मेचिनगर । झापाको मेचिनगर नगरपालिका–१५, बिचार्निस्थित ज्ञानदीप प्राथमिक विद्यालय अगाडि युथ फर सोसाइटी मेचीनगर -१५ को आयोजनामा समुदायस्तरीय फुल रोप्ने कार्यक्रम सम्पन्न भएको छ। गाउँलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह तथा युथ फर सोसाइटी मेचीनगर-१५ का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आफूसँग भएका फुलका बिरुवा तथा सार्न मिल्ने फुलका बोटहरू रोपण गरेका थिए। फुलले वातावरणीय सौन्दर्य बढाउनुका साथै सामुदायिक चेतना अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने युथ फर सोसाइटी मेचीनगर-१५ ले जनाएको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्याउने ज्ञानदीप प्राथमिक विद्यालय, बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह…
अपेक्षित सहभागिता नजुट्दा गायन–नृत्य प्रतियोगिता औपचारिकतामै सीमित मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अपेक्षित सहभागिता नजुट्दा औपचारिकतामै सीमित बनेको छ । नगरभित्रका अधिकांश निजी विद्यालय सहभागी नहुनु र उत्साहजनक वातावरण नदेखिनुले कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको सरोकारवालाहरूको टिप्पणी छ । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो । तर धेरै सदस्य विद्यालयको अनुपस्थिति, न्यून सहभागिता र कमजोर प्रतिस्पर्धात्मक माहोलले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । सिर्जनशीलता विकास, प्रतिभा पहिचान र विद्यालयबीच सहकार्य प्रवर्द्धन गर्ने…
झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ। आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे १ त ४४५५ नम्बरको ट्रयाक्टर बिजुलीको पोलमा रहेको तारमा छोइएपछि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो १२ः३० बजे नियन्त्रणमा लिन सकिएको थियो । आगलागीबाट ट्रयाक्टरमा लोड गरिएको पराल पूर्णरूपमा जलेको छ भने ट्रयाक्टरको डाला र चालक बस्ने इन्जिनको भाग आंशिक रूपमा क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब रु ६० हजार बराबरको क्षति भएको छ । ट्रयाक्टर चालक कनकाई नगरपालिका–७ का ३३ वर्षीय गणेश खत्रीलाई प्रहरीले…
मेचीनगर । RUN FOR FUN, UNITY, BROTHERHOOD & SISTERHOOD भन्ने नारा सहित 3rd Cross Country Race 2082 आगामी मंसिर २७ गते शनिबार बिहान ७ बजे हुने भएको छ । United Youth Open Scout Crew, धुलाबारी को आयोजनामा हुन लागेको यो तेस्रो संस्करणका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । यसअघि २०७४ श्रावण २८ गते पहिलो संस्करण र २०७५ भदौ १६ गते दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेन्जर शिवानी देवानले जानकारी दिइन् । यस्तै कार्यक्रमले युवा–किशोरमा अनुशासन, आपसी मित्रता, भातृत्व र भगिनीत्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ । स्काउटिङ्गको उद्देश्यसहित १६–२५ वर्ष उमेर समूहका युवायुवतीलाई…
मेचीनगर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले समुदायप्रतिको उत्तरदायित्व र मानवीय भावनालाई महत्व दिँदै जाडोबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यका साथ ज्ञानदीप प्राथमिक विद्यालयका कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो नयाँ कपडा वितरण गरेको छ। कठ्याङ्ग्रिदो जाडोमा बालबालिकाले सहज रूपमा विद्यालय आउने–जाने वातावरण मिलोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी, प्रधानाध्यापक अन्नु पौडेल, विद्यालयका शिक्षक–शिक्षिका, युथ फोर सोसाइटी मेचिनगरका कोषाध्यक्ष खिरोज बराल, मेचिनगर–१५ का संयोजक जयराम दाहाल, सचिव आयुस्का श्रेष्ठ, कोषाध्यक्ष स्मृति राउत, उप–कोषाध्यक्ष दिक्षा साह तथा सदस्य मनिसा बुढाथोकीको उपस्थिति थियो। कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग प्रदान गर्ने काजल थुम्सुयाङ्गप्रति संस्थाले विशेष…
मेचीनगर । एन प्याब्सन झापाको आयोजनामा शनिबारदेखि सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर–६ स्थित एमिटी पब्लिक स्कूलमा एक सय मिटर दौड, लमजम तथा हाइजम्प प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा झापा जिल्लाका तीन विद्यालय — एमिटी पब्लिक स्कूल, सिदार्थ शिक्षा सदन र मिडिल पोइन्ट एलिमेन्टरी स्कूल — ले सहभागिता जनाएका थिए। तीनै विद्यामा छात्र तथा छात्राबीच प्रतिस्पर्धा भएको थियो। एक सय मिटर दौड छात्र तर्फको दौड तुर्केनी खेल मैदानमा आयोजना गरिएको थियो। एमिटी पब्लिक स्कूलका कक्षा १० का रोहन भट्टराईले १० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए। सिदार्थ शिक्षा सदनका सहदेव भुर्तेल दोस्रो भए भने मिडिल पोइन्टका आयुस शाहा…