Purbi Garjan

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगर। मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् । मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् । उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३…
Read More
झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर। झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए  । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ…
Read More
भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

झापा । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष…
Read More
भद्रपुर झापा गोल्डकप भोलिदेखि, नेपाल सहित तीन देश सहभागी

भद्रपुर झापा गोल्डकप भोलिदेखि, नेपाल सहित तीन देश सहभागी

झापा । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए । “दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उनले भने, “गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइएको छ ।” प्रतियागिताको तयारी स्वरुप स्वागत गेटहरुसमेत निर्माण गरिएको उनले बताए ।…
Read More
सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले "समाजवादका लागि सामना सांस्कृतिक अभियान" अन्तर्गत जनचेतनामूलक प्रस्तुति दिँदै दर्शकलाई भावुक बनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा सम्पन्न कार्यक्रममा जनवादी गीत, नृत्य र ओपेराले दर्शकलाई मनोरञ्जन मात्र होइन, सशक्त सन्देश पनि प्रवाह गर्‍यो। कार्यक्रममा बहुचर्चित जनवादी कलाकारहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूलाई नेतृत्व गरेका थिए दसवर्षे सशस्त्र जनयुद्धको सैन्य कमान्ड सम्हालेका बहुप्रतिभाशाली माइला लामा र चर्चित गीत "अरुण तरेर नाना तमोर तरेर..." का लेखक मणि थापाले। आरोह नेपाली, रमण थामीलगायत दर्जनौँ कलाकारले गीत, नृत्य र भाषणमार्फत दर्शकलाई आफ्नो प्रस्तुति मार्फत विगत सम्झाउन र भविष्यप्रति सोच्न बाध्य पारे। माइला लामा र आरोह नेपालीको…
Read More
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ । नकलबन्दा बचत तथा ऋण सहकारीको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताले नकलबन्दाको इतिहासलाई उजागर गर्दै युवा पुस्तामा खेल क्षेत्रकाे विकास गर्ने आयोजकले विश्वास लिएको छ। स्थानीय युवाहरुलाई खेल क्षेत्रतर्फ प्रोत्साहन गर्न तथा लागूऔषध विरुद्ध सचेतना अभियान फैलाउने उद्देश्य रहेको आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जानकारी दिएको छ। झापा जिल्लाका १० वटा फुटबल टिमले प्रतियोगितामा सहभागीता जनाउने छन्। उक्त नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख अनुमानित खर्च हुने अनुमान आयोजकले गरेको छ। नकलबन्दाको इतिहास र गौरव…
Read More
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत " सामना कन्सर्ट" हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक "सामना कन्सर्ट" हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार बहुचर्चित राष्ट्रिय जनवादी कलाकारहरु माइला लामा, मणि थापा, आरोह नेपाली , रमण थामी लगायतका दर्जनौं कलाकारहरुको साथमा कार्यक्रम हुने भएको हो ।  कार्यक्रमका लागि कलाकारहरुको टोली पुर्व आइसकेको र भोलि हजारौं झापाली जनता सामु कार्यक्रम गर्ने तयारी रहेको नेकपाले जनाएको छ। पछिल्लो समय सांगीतिक क्षेत्रमा…
Read More
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा "चाराली म्युजिक फेस्ट २०२५ " आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक बन क्षेत्रमा कार्यक्रम हुने र कार्यक्रममा हजारौं देश तथा विदेशी संगीतप्रेमीहरूको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ। यस कार्यक्रमले स्थानीय समुदायमा सांगीतिक क्रान्तिको नयाँ आयाय खोल्ने र उत्कृष्ट संगीत अनुभव र मनोरन्जन प्रदान गर्ने आयोजकले विश्वास गरेको छ। स्थानीय संगीत प्रवर्द्धन र सांस्कृतिक संरक्षण, युवा…
Read More
पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै

पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै

मेचीनगर। विभिन्न कारणले लामो समयदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते  बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। आज शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ। प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लब सहित आयोजक काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन…
Read More
बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै "pree- induction & lom officer " तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले जेसीज…
Read More
ne_NPNepali