काठमाडौं | देशको शासन प्रशासन चल्ने काठमाडौंबाट देश हराउंदै गएको भन्दै देश मुटुमा राखेर बहस गर्न जेनजी अभियान्ताहरुलाई नेकपा केन्द्रिय सदस्य तथा युवा नेया सुमनसिंहले आव्हान गरेका छन । मंगलबार रिपोटर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत शुसिला कार्की नेतृत्वको सरकार कसले बनायो ? कसरी बन्यो ? यो खोजी गर्न आवश्यक भएको उनले बताए । उनले सतहमा आएका सबै घटना हेर्दा यो सरकार बिदेशिले निर्माण गरिदिएको छर्लङ भएको बताए । गलत आधार र रहस्यमयी तरिकाबाट बनेको कार्की नेतृत्वको सरकार अपदस्त गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु पर्ने सिंहले बताए । देशभक्त युवा अभियान नेपाल द्वारा आयोजित पत्रकार सम्मेलनको संयोजन भ्रष्टाचार…
बिर्तामोड, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो…
काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो । देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ । त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण,…
झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा रहेका छैनन् । यी खेलाडीहरूको अनुपस्थितिले टोलीको आक्रमण र गोलकिपिङ दुवैमा असर पार्न सक्ने अनुमान गरिएको छ । पाहुना टोली सिंग्लिङ…
झापा, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो…
मेचीनगर , १४ कात्तिक । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताउनुभयो । पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपथ्र्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका…
झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको…
निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र…
पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा(सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी…
झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्। बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आ–आफ्नो गन्तव्यतर्फ गएका छन्। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित…