Skip to main content

Purbi Garjan

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–२ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा सहभागी नगरवासीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडकको गुणस्तर, फोहोर व्यवस्थापन तथा काँकरभिट्टास्थित सार्वजनिक शौचालयको अवस्थाबारे प्रश्न र जिज्ञासा राखेका थिए । कार्यक्रममा स्थानीय विकास ओझाले विकास निर्माणका योजनाको गुणस्तर परीक्षण, गत आर्थिक वर्षमा सम्पन्न योजनाको अवस्था, विद्यालयको खेलमैदान र नगरपालिकाको भुक्तानी प्रक्रियाबारे प्रश्न उठाएका थिए । उनले काँकरभिट्टाको सार्वजनिक शौचालयको अवस्थाबारे समेत चासो व्यक्त गरे । त्यस्तै, मेचीनगर–२ का हरिबहादुर राईले हाटबजार क्षेत्रको फोहोर व्यवस्थापन र पिच सडकको अवस्थाबारे प्रश्न गर्दै कालोपत्रे गरिएको सडक…
Read More
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि २१ लाख रुपैयाँको बजेट तथा वनको संरक्षण, पर्यटन प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ । वन समूहले वन क्षेत्रमा पर्यटकको चहलपहल बढाउने उद्देश्यले सेल्फी पुल निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यसैगरी, नयाँ व्यावसायिक स्टल निर्माण गरी स्थानीय उत्पादन तथा परिकारको प्रवर्द्धन गर्ने र समूहको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । वनका कार्यालय सचिव राजु धिमालका अनुसार समूहले सहिद मार्गमा प्रवेशद्वार निर्माण गर्ने योजना पनि बनाएको छ…
Read More
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११ गते दिउँसो १२ः३० बजे झापा गाउँपालिका–१ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा, झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्। प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा सलमान मियाले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो रङको बट्टाभित्र सेतो प्लास्टिकमा पोका पारी राखिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। उक्त पदार्थ…
Read More
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। रातभर अवैध ओसारपसार, साना चालकमाथि कडाइ तर ठूला गिरोहलाई छुट दिने गरेको स्थानीयको आरोप काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टामा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पछिल्ला दिनमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सीमा सुरक्षा तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने जिम्मेवारी भए पनि नाका आसपासका विभिन्न क्षेत्रहरूबाट रातको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ। मेचीनगरको उत्तर–पूर्वी क्षेत्र तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला तथा सतिघट्टा लगायतका क्षेत्र हुँदै रातभर कपडा, मोटर पार्ट्सजस्ता सामग्री भारतबाट नेपाल भित्रिने क्रम बढ्दो…
Read More
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। आज (शुक्रबार) बिहान करिब ११:४० बजे नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (SSB) ४१औँ बटालियन, रानीडाँगाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 74 BU 1274 नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो। जाँचका क्रममा गाडीमा सवार धनजित पटगिरी (४७) को साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ। बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको…
Read More
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाटक झापाको मेचीनगरमा मञ्चन गरिएको छ। मेचीनगर–६ स्थित वडा कार्यालय नजिकैको सामुदायिक भवनमा परिवर्तन थिएटरद्वारा प्रस्तुत उक्त नाटकले पञ्चायतकालीन शासन प्रणालीमा राज्यले सर्वसाधारणमाथि गरेको दमनलाई सशक्त रूपमा चित्रण गरेको हो। नाटकमा “जो साँचो बोल्छ, उ मारिन्छ” भन्ने सन्देशलाई केन्द्रमा राख्दै जेल जीवनको भयावह यथार्थ प्रस्तुत गरिएको छ। विशेषगरी ८ नम्बर चौकीलाई ‘नर्क समान’ र ‘आतंकको केन्द्र’का रूपमा देखाइएको छ, जहाँ लगिएका कैदीहरू सुरक्षित फर्किने अवस्था नरहेको चित्रण गरिएको छ। कथामा सामान्य आरोपमै निर्दोष नागरिकहरूलाई जेल हालिने र त्यहाँ अमानवीय व्यवहार गरिने प्रसंगहरू…
Read More

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँचथर मिक्लाजुङ–३ का बोलेरो चालक ३६ वर्षीय खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र तुम्बेवा–१ का २१ वर्षीय जनक तामाङ घाइते भएका छन्। घाइतेमध्ये १२ वर्षीया लामसिमीको दाहिने आँखामा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर…
Read More
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरेको छ। टोलीले नुवाकोटका अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका २५० परिवारलाई कुल ८ लाख रुपैयाँ नगद सहयोग वितरण गरेको हो। इन्द्रकुमार राईको नेतृत्वमा रहेको उक्त टोलीमा चन्दन सिटौला, अनिल गुरुङ, बुद्धि शर्मा तथा नेपाली पत्रकार प्रशान्त आचार्य रहेका थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग सिधै प्रभावितहरूलाई हस्तान्तरण गरिएको हो। २५० परिवारलाई वितरण गरिएको सहयोग बाहेक, पूर्ण रूपमा प्रभावित तथा आफन्त हराइरहेका र काजकिरिया शुरु गरेका २०…
Read More
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो भित्री सडकखण्डमा पल्टिँदा देउमाई–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेतलाई गाडीले थिचेको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो। टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार रहेको बुझिएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप…
Read More
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा लिइएको एक निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाबाट गैरी गाउँको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटर पार्ट्ससहित प्रदेश २–०३–००१ च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको उक्त गाडीलाई कुनै जरिवाना वा थप कारबाही नगरी छाडिएको पाइएको छ। स्थानीयका अनुसार नाकामा सामान्य रोजगारी गर्ने सिटी सफारीले थोरै परिमाणमा भन्सार नतिरेका सामान बोकेको भेटिए तत्काल नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरिएको छ। तर, निजी गाडीमा ठूलो परिमाणमा…
Read More
ne_NPNepali