Skip to main content

Purbi Garjan

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। आज (शुक्रबार) बिहान करिब ११:४० बजे नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (SSB) ४१औँ बटालियन, रानीडाँगाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 74 BU 1274 नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो। जाँचका क्रममा गाडीमा सवार धनजित पटगिरी (४७) को साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ। बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको…
Read More
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाटक झापाको मेचीनगरमा मञ्चन गरिएको छ। मेचीनगर–६ स्थित वडा कार्यालय नजिकैको सामुदायिक भवनमा परिवर्तन थिएटरद्वारा प्रस्तुत उक्त नाटकले पञ्चायतकालीन शासन प्रणालीमा राज्यले सर्वसाधारणमाथि गरेको दमनलाई सशक्त रूपमा चित्रण गरेको हो। नाटकमा “जो साँचो बोल्छ, उ मारिन्छ” भन्ने सन्देशलाई केन्द्रमा राख्दै जेल जीवनको भयावह यथार्थ प्रस्तुत गरिएको छ। विशेषगरी ८ नम्बर चौकीलाई ‘नर्क समान’ र ‘आतंकको केन्द्र’का रूपमा देखाइएको छ, जहाँ लगिएका कैदीहरू सुरक्षित फर्किने अवस्था नरहेको चित्रण गरिएको छ। कथामा सामान्य आरोपमै निर्दोष नागरिकहरूलाई जेल हालिने र त्यहाँ अमानवीय व्यवहार गरिने प्रसंगहरू…
Read More

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँचथर मिक्लाजुङ–३ का बोलेरो चालक ३६ वर्षीय खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र तुम्बेवा–१ का २१ वर्षीय जनक तामाङ घाइते भएका छन्। घाइतेमध्ये १२ वर्षीया लामसिमीको दाहिने आँखामा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर…
Read More
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरेको छ। टोलीले नुवाकोटका अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका २५० परिवारलाई कुल ८ लाख रुपैयाँ नगद सहयोग वितरण गरेको हो। इन्द्रकुमार राईको नेतृत्वमा रहेको उक्त टोलीमा चन्दन सिटौला, अनिल गुरुङ, बुद्धि शर्मा तथा नेपाली पत्रकार प्रशान्त आचार्य रहेका थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग सिधै प्रभावितहरूलाई हस्तान्तरण गरिएको हो। २५० परिवारलाई वितरण गरिएको सहयोग बाहेक, पूर्ण रूपमा प्रभावित तथा आफन्त हराइरहेका र काजकिरिया शुरु गरेका २०…
Read More
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो भित्री सडकखण्डमा पल्टिँदा देउमाई–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेतलाई गाडीले थिचेको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो। टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार रहेको बुझिएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप…
Read More
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा लिइएको एक निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाबाट गैरी गाउँको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटर पार्ट्ससहित प्रदेश २–०३–००१ च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको उक्त गाडीलाई कुनै जरिवाना वा थप कारबाही नगरी छाडिएको पाइएको छ। स्थानीयका अनुसार नाकामा सामान्य रोजगारी गर्ने सिटी सफारीले थोरै परिमाणमा भन्सार नतिरेका सामान बोकेको भेटिए तत्काल नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरिएको छ। तर, निजी गाडीमा ठूलो परिमाणमा…
Read More
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्। प्रहरीका अनुसार चालक बर्मुनको…
Read More
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको उक्त संस्थाले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको अध्यक्ष सञ्जु निरौलाले जानकारी दिनुभयो । कमल गाउँपालिका–५ पाडाजुँगीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि र उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम शाखा अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, संस्थाका केन्द्रीय महासचिव मिलन…
Read More
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपाल जेसीजको सर्कुलरअनुसार इटहरी जेसीज, उदयपुर जेसीज र गोलबजार जेसीजले करिब २२ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन्। उक्त सामग्री १० जना सिमान्तकृत बालबालिकालाई प्रदान गरिएको हो। वितरण गरिएका विद्यार्थीहरूमध्ये ५ जना किसान समुदाय, ४ जना मेचे समुदाय र १ जना दनुवार समुदायका रहेका छन्। इटहरी जेसीजका अध्यक्ष मिसन पराजुलीले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताए। विद्यालयका प्रधानाध्यापक निरज पोख्रेलले सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
Read More
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। होटलका अध्यक्ष बलराम साकोटाले पर्यटन मन्त्री खड्क प्रसाद पौडेल ‘गणेश’लाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको होटलले जनाएको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
Read More
ne_NPNepali