नेकपा झापाको आयोजनामा चलचित्र “काँडेतार”को च्यारिटी सो भोलि दमकमा हुँदै

Byadmin

२६ आश्विन २०८०, शुक्रबार १३:२३ २६ आश्विन २०८०, शुक्रबार १३:२३ २६ आश्विन २०८०, शुक्रबार १३:२३

झापा । नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापाको आयोजनामा सीमा रक्षाका कथा वस्तु समेटिएको नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो झापाको दमकस्थित डी म्याक्स सिनेमा हलमा प्रशारण हुने भएको छ।

चलचित्र “काँडेतार” को विशेष च्यारिटी सो भोलि २७ गते शनिबार देशका अन्य जिल्लाहरुमा समेत प्रशारण हुने र झापाको दमकमा हुने विशेष सो १२ बजे ३ बजे र ५ बजेको हुने र पार्टीले आफ्ना शुभचिन्तकहरुलाई निशुल्क चलचित्र हेराउने नेकपा झापाका सचिव तथा पश्चिम झापा इन्चार्ज सञ्जय सीले बताए ।

राष्ट्र र राष्ट्रियताप्रति समर्पित चलचित्र ‘काँडेतर’ सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा निर्देशक खड्का स्वयंले तयार पारेका छन् । मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य छ ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *