अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी, १८१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न

Byadmin

१० फाल्गुन २०८०, बिहीबार ०४:१७ १० फाल्गुन २०८०, बिहीबार ०४:१७ १० फाल्गुन २०८०, बिहीबार ०४:१७

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) को हिजो सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षतामा ५ पद रिक्त रहनेगरी १८१ सदस्यीय कार्य समिति चयन गरेकाे छ । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिवहरु प्रीतिमा सी, मदन सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी र काेषाध्यक्ष बबरजङ्ग सी रहेका छन् । सम्मेलनले संगठनकाे नाम परिवर्तन गरि अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) राखेको छ ।

सचिवालयसहित कार्यविभाजनकाे विषयमा आज बस्ने बैठकले निर्णय गर्ने नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले बताएका छन् । साँझ अबेर निवर्तमान अध्यक्ष प्रकाश सीले प्रस्तुत गरेकाे प्यानल प्रस्ताव सर्व-सम्मतले पारित भएकाे थियाे । नव- निर्वाचित कार्य समितिलाई नेकपाका महासचिव विप्लवले सफल कार्यकालको लागि बधाई ज्ञापन गरेकाे थिए ।

सामना परिवारले कार्यक्रमकाे बिचबिचमा सांस्कृतिक झलक प्रस्तुत गरेको थियाे ।निवर्तमान अध्यक्ष प्रकाश सीसहितका संगठनबाट विदा भएका नेताहरुलाई सम्मान गरिएको थियाे ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *