झापा।  स्मृति , सम्मान र सत्प्रेरणालाई मुख्य लक्ष्य बनाएर झापामा स्थापित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय स्तरको सम्मान बितरण गर्ने भएको छ ।
बिर्तामोडस्थित ग्रिण्ड फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा सोमवार भएको पत्रकार सम्मेलनमा पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान २०८० राष्ट्रि प्रतिभा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी)लाई सम्युक्त रुपमा प्रदान गरिने जानकारी दिइयो ।


प्रतिष्ठानका अध्यक्ष गोपाल कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्ग वहादुर बस्नेतको इच्छा अनुसार पूर्ण टुङ्ग अक्षयकोष मार्फत एक लाख ११२ हजार १ सय ११ रुपैयाँ नगद सहित पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान सर्मपण गरिने जानकारी दिए ।


आफ्नी आमा पूर्ण कुमारी समेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठान मार्फत यही चैत ७ गते सो सम्मान बितरण गरिने छ ।  भारतीय  नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच महजोडीलाई सो सम्मान प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


भारतको दार्जिलिङ जिल्ला कालेङ्पोङ्गका स्थायी वासिन्दा  श्रेष्ठ नाट्य कलाकार , नाटककार, कवि , गीतकार, राजनेता, राजनीतिक चिन्तक र कुशल संठगक हुन् । पत्रकारिता र साहित्यका क्षेत्रका समेत स्थापित श्रेष्ठ भारत र नेपालका अनेक सम्मानबाट सम्मानित रहेको कार्यक्रममा जानकारी दिइयो ।


कार्यक्रममा पूर्ण टुङ्ग अक्षयकोषका संस्थापक समदस्य जितेन्द्र वस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकालमै लोक कल्याणका निमित्त कोष स्थापना गरिदिएको बताएका थिए ।
प्रतिष्ठाका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा सञ्चाकर्मीहरुले विभिन्न जिज्ञाषा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत गरेका थिए । 

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *