झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय तारे होटल तथा क्यासिनोको हव बन्दै गैरहेको झापामा कालो धनलाई वैध बनाउने चलखेल देखि नेपाली व्यवसायीहरुलाई जुवा खेलाएर सडकमा रुँदै हिँड्ने अवस्था सिर्जना गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

विप्लव नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्,। विज्ञप्तिमा भनिएको छ,- “यतिबेला देश गम्भीर संकटमा रहेको र राष्ट्रिय स्वाधिनता र जनजीवन माथि भयानक षडयन्त्रहरु मडारिएका छन् । यो वेला देशको यो अवस्थाबाट फाइदा उठाउने तत्वहरु विभिन्न आवरणमा क्रियाशील देखिन्छन् । विदेशी मालहरु भित्र्याएर स्वदेशी पूँजी पलायन गराउँदै देशलाई परनिर्भरतामा धकेल्नु दलाल पूँजीवादको कार्य हो। यो कार्य गर्ने दलालहरु झापामा पनि सक्रिय नै छन् ।”

कालोधनलाई वैध बनाउन साथै नेपालका व्यवसायीहरुको पूँजी लुटाउन खोलिएका ठूला ठूला क्यासिनोहरु र तारे होटलहरुको चर्तिकला जनस्तरमा कुरा उठ्‌ने गरी झापामा छताछुल्ल हुँदै आएका छन् । विदेशी जुवाडेहरुलाई क्यासिनो ठेक्कामा दिने र नेपालका व्यवसायीहरुलाई जुवाजन्य खेल खेलाएर टाँट पल्टाएपछि ति व्यवसायीहरु सडकमा रुदै हिंडेको समेत पाइएको नेकपाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

विदेशबाट जुवाको खालमा भित्र्याइएका पैसावालहरुलाई नेपालका गरिव र अबोध चेलीवेटीहरु मनोरञ्जनका लागि बुझाइदिने सम्मका घटित र घृणित हर्कतहरु भइरहेको जनगुनासो प्राप्त भएको नेकपाका नेता सुमनसिंहले बताएका छन्, । एक प्रकारले भन्ने हो भने झापामा खुलेका तारे होटल र क्यासिनोहरु नयाँ आवरणका ठूला वेश्या घर जस्ता भएका छन् , । उनले भने,- “ठूला पूँजीपतिहरुको यो हर्कत सुन्न हेर्न र भोग्न निरिह झापाली जनता विवश छन् । जो दुखद् छ।”

विज्ञप्तिमा अगाडि भनिएको छ- “तारे होटल र क्यासिनो द्वारा ठगिमा परेका स्थानिय व्यपारीहरुको गुनासो, नेपाली चेलीबेटीहरुको मोलमोलाइ र व्यापार पछि झापाका स्थानिय बजारहरुमा भइरहेका छलफल, वित्तिय क्षेत्रमा यतिवेला देखिएको भयावह अवस्थामा क्यासिनो मार्फत भइरहेको पुजि पलायन सबै अवस्थालाइ मध्यनजर गरेर सबै सरोकारवालाको ध्यानाकर्षणको निम्ति यो प्रेष विज्ञप्ति जारि गरिएको छ ।

अतः झापा जस्तो जिल्लामा यस्तो हर्कतहरु हुनु, तारे होटल सहित अन्य झापामा खुलेका साना तिना होटलमा समेत यस्तो हुनु निन्दनीय छ। झापाका राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै मुकदर्शक बनिरहनुले सिङ्गो झापालाई नै लज्जित बनाउने छ । झापालाई लुटेरा दलालहरुको अखडा बन्न दिन र हाम्रा चेलीवेटीहरु दलालहरुले खेलौनाका रुपमा प्रयोग गर्ने हर्कत हामीलाई स्वीकार्य छैन । यो हर्कत तुरुन्त बन्द गर्न साथै यस्ता कुकृत्यलाई तत्काल रोक्न सरोकारवालाहरुलाई अनुरोध गर्दछौं। अन्यथा झापाली जनताको निम्ति यो संघर्षको विषय बन्ने समेत जानकारी गराइन्छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *