विर्तामोड । विर्तामोड स्थित पश्चिम बस स्टेनमा अहिले राति अन्दाजी ८:२० बजे छुरा प्रहारबाट घाइते भएका युवा विर्तामोड बस्ने २३ बर्षका सुनुराम मुर्मु रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको स्पाइनएक्स अस्पतालमा उपचार भैरहेको छ।

एकआपसमा झै-झगडा हुँदा मुर्मु माथि चक्कु प्रहार गरी बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागी घाईते बनाएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष अं. २३ को राम टुडु, विर्तामोड ६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ,बर्ष अं. २९ को सुसान मुर्मु, अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३० को सरोज सहनी र कनकाई न.पा. १ बस्ने बर्ष अं. २३ को मनोज बि.क. रहेको प्रहरीले जनाएको छ।उनिहरुमाथि थप अनुसन्धान भैरहेको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *