झापा । बैज्ञानिक समाजवादका लागि ” सामना जनसांगितिक अभियान” को मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट केन्द्रीय सामना सांस्कृतिक परिवारले पाँचथर र इलाममा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

पुर्वको मेची ब्युरो अन्तर्गत हिजो पाँचथरको फिदिम बजार मा जन सांस्कृतिक कार्यक्रम गरेको सामना परिवारले आज इलाममा कार्यक्रम सम्पन्न गरेको हो ।

वैज्ञानिक समाजवादका लागि सामना जनसंगीत अभियान अन्तर्गत सामना सांस्कृतिक परिवारले पुर्वमा तत्कालीन जनयुद्धको झल्को दिँदै क्रान्तिकारी गीत संगीत सुनाउँदै बैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देश र जनताले खोजेको निकास दिलाउने दाबीका साथ जनतालाई जागरुक गराउँदै आएको छ।

नेपाल कम्यूनिष्ट पार्टीको आयोजनामा
महेस नेपाली आरोह सिको नेतृत्वमा रहेको सामना सांस्कृतिक परिवारमा दर्जनौं कलाकारहरुले गीत संगीत मार्फत संसदीय व्यवस्था असफल भएको सन्देश दिँदै अबको विकल्प बैज्ञानिक समाजवाद रहेको र त्यसका लागि जनताले जस्तोसुकै संघर्ष गर्न तयार हुनुपर्ने बताएका छन्,।

उक्त अभियान अन्तर्गत भोलि सामना परिवारले झापाको दमकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने उक्त पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *