विर्तामोड । झापाको विर्तामोडमा भाटभटेनीले आफ्नो २६ औं स्टोर आजबाट सञ्चालनमा ल्याउने भएको छ । जिल्लाको व्यापारिक शहर बिर्तामोडको भगवान् चोकमा आजबाट भाटभटेनी स्टोर सञ्चालनमा आउने भएको हो।
यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेस सहित निर्माण गरिएको छ ।

२ अर्ब बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो शाखा समेत हो । यस अघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा विदेशी ब्रान्ड का उच्च गुणस्तरका सामानहरू पाइने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरू किनमेलका लागि आउने विश्वास भाटभटेनीले राखेको छ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निराशा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने सञ्चालक पक्षको विश्वास छ ।

उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने हुँदा भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।

भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको हुँदा हाल सम्म करिब दश हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको सञ्चालक पक्षले जानकारी दिएको छ।

उद्घाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको व्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचन वेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेकट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किडजान तथा स्केट पार्क लगायतका सुविधाहरू रहने भट्भटेनीले जनाइएको छ । बिर्तामोडमा २६औ स्टोर सञ्चालनमा आएपश्चात् झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *