Skip to main content

Purbi Garjan

समाचार

अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविलाई

अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविलाई

काँकरभिट्टा । झापाको मेचीनगर -६ स्थित एमीटी पब्लिक स्कुलको आयोजनामा  सम्पन्न अन्तर–मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले हात पारेको छ। आइतबार एमिटी पब्लिक स्कुल, काँकरभिट्टाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा आदर्श मावि, इटाभट्टा विजेता बन्न सफल भएको हो। फाइनल खेलमा आदर्शले सरस्वती मावि, बाहुनडाँगीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि वडा सदस्य ध्रुव राई, विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भएका छन्। कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। सो अवसरमा प्रमुख अतिथि राई, प्याब्सन अध्यक्ष माझी,…
Read More

गाँजासहित २ जना पक्राउ

सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय…
Read More
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी…
Read More
झापा महिला गोल्डकपको फाइनल आज,उपाधिमा पुलिस र एपिएफको दाबी

झापा महिला गोल्डकपको फाइनल आज,उपाधिमा पुलिस र एपिएफको दाबी

बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल आज दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।” त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, “हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ ।…
Read More
झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै

झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै

बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ । क्वार्टर फाइनल चरणमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो । एपिएफका प्रशिक्षक जिवेशकुमार…
Read More
विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो । ३३ औँ मिनेटमा आर्मीले…
Read More
सत्ताको केन्द्र काठमाडौं बाटै देश हराउँदै – सुमनसिंह

सत्ताको केन्द्र काठमाडौं बाटै देश हराउँदै – सुमनसिंह

काठमाडौं | देशको शासन प्रशासन चल्ने काठमाडौंबाट देश हराउंदै गएको भन्दै देश मुटुमा राखेर बहस गर्न जेनजी अभियान्ताहरुलाई नेकपा केन्द्रिय सदस्य तथा युवा नेया सुमनसिंहले आव्हान गरेका छन । मंगलबार रिपोटर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत शुसिला कार्की नेतृत्वको सरकार कसले बनायो ? कसरी बन्यो ? यो खोजी गर्न आवश्यक भएको उनले  बताए । उनले सतहमा आएका सबै घटना हेर्दा यो सरकार बिदेशिले निर्माण गरिदिएको छर्लङ भएको बताए । गलत आधार र रहस्यमयी तरिकाबाट बनेको कार्की नेतृत्वको सरकार अपदस्त गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु पर्ने सिंहले बताए । देशभक्त युवा अभियान नेपाल द्वारा आयोजित पत्रकार सम्मेलनको संयोजन भ्रष्टाचार…
Read More
रश्मिको ह्याट्रिकसँगै एपिएफको शानदार जित

रश्मिको ह्याट्रिकसँगै एपिएफको शानदार जित

बिर्तामोड, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो…
Read More
अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो । देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ । त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण,…
Read More
ne_NPNepali