कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय समितिको छैटौं बैठकमा सोमबार प्रशिक्षण मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि मोर्चा जरुरी रहेको बताएका हुन् । “अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अवरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ-“कपिलवस्तुमा जारी केन्द्रिय समिति बैठकमा बोल्दै प्रकाण्डले भने-“यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य…
कपिलवस्तु। विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह १ बजे सुरु भएर ४ बजेदेखि स्थगन भएको छ । आज बिहीबार महासचिव विप्लव सीले व्याख्यासहित प्रस्ताव पेश गरेपछि अध्ययनका लागि बैठक स्थगन गरिएको प्रवक्ता प्रकाण्ड सी ले बताए । शुक्रबार बिहानैदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बैठक कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालय रहेको प्रकाशन तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताएका छन्
झापा । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आज बिहान १० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा प्रस्ताव पेश गर्ने बताइएको छ । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए । उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषय सी, अनिल सी, उमा सी, भरत सी र सुशील सीको उपस्थिति रहेको छ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।…
इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामले ११औ पार्टी पुनर्गठन दिवसको अवसरमा ध्रुविकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। इलाम स्थित NCDC को सभा हलमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना नेकपामा समाहित भएका छन्। पार्टीका केन्द्रीय सल्लाहकार एवम् कार्यक्रमको प्रमुख अतिथि होम सी र अतिथि केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज मौसम सीले पार्टी प्रवेश गर्ने १८ जनलाई खदा र अविर लगाएर सम्मान तथा स्वागत गरेका थिए। कार्यक्रम बोल्दै जिल्ला ईन्चार्ज मौसम सी ले मंसिर ८ लाई नेपालमा क्रान्तिकारी आन्दोलनलाई चारै तिरबाट घेरिएको बेला र माओवादी आन्दोलन संसदवादी दलदलमा फस्दै गरेका बेला अधुरो क्रान्ति पूरा…
शोभराज बराल काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद जति समयसम्म रह्यो नेपाली जनताले त्यतिनै दुःख पाउने बताएका छन् । शनिबार नेकपा पुनर्गठनको दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले दलाल संसदीय पुँजीवाद रहँदासम्म जनताले दुःख पाइरहने बताएका हुन् । विप्लवले यो व्यवस्थाले जनताको थाप्लोमा ऋण थप्ने बाहेक अरु केही पनि गर्न नसक्ने जिकिर गरे । उनले यो व्यवस्या रहेसम्म नेपाली जनताले सुख नपाउने, नेपालमा विद्यार्थीले राम्रो शिक्षा नपाउने, युवाले राम्रो रोजगारी नपाउने, श्रमिकले राम्रो ज्याला नपाउने बताए । विप्लवले यो व्यवस्था अन्त्य गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी संघर्षमा रहेको बताउँदै नेपालमा समाजवाद अबको विकल्प…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणबाट पार्टी पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दाबी गरेका छन् । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पर्छ’ उनले भने ,‘सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार, कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो ।’ प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङभित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८…
बसन्त विक चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् । उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’ महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।…
बसन्त विक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुरामा खुसी व्यक्त गरेका छन । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले खुसी व्यक्त गरेका हुन । अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताए । उनले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताए…
मेचीनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्। आज झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा जारी जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ। जसमा प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्ष सागर राई र सारांश ढुंगाना रहेका छन् भने सचिवमा अनिल चौहान, सह- सचिवमा क्रमश: राम शाही ठकुरी र सोफिया खड्का रहेका छन्। त्यस्तै कोषाध्यक्षमा रोशनी सापकोटा तथा सह- कोषाध्यक्षमा प्रज्वल भट्टराई रहेका छन् भने अन्य २४ जना सदस्यहरु रहेका छन्।