Skip to main content

Purbi Garjan

खेलकुद

झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

बिर्तामोड । विर्तामोडमा जारी "प्रथम झापा कप २०८१" मा दर्शकको साथ न्यून रहेको पाइएको छ । मंसिर २९ गतेदेखि विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा कप फुटबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनलका खेल सञ्चालन भइसक्दा समेत फुटबल हेर्ने दर्शकको संख्या न्यून रहिरहेको छ । खेलमैदानको पुर्व, पश्चिम, उत्तर र दक्षिणमा करिब १० हजार दर्शक अट्ने व्यवस्थित बाँसको प्यारापिट निर्माण गरिएको छ । तर, मैदानको उत्तर, दक्षिण र पश्चिममा विद्यार्थीसहित खेलप्रेमी दर्शकहरू उल्लेख्य रहेपनि पुर्वपट्टी भने वारपार नै दर्शक न्युन रहने गरेका छन् । अहिले दैनिक १ देखि ३ हजारको हाराहारीमा दर्शक मैदान उपस्थित हुँदा त्यसको करिब तीन भागको एक भाग चै…
Read More
झापा कपमा आज राजा क्लब र जिटिए दार्जिलिङ खेल्दै

झापा कपमा आज राजा क्लब र जिटिए दार्जिलिङ खेल्दै

बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो । बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगिताको…
Read More
प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए । आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता…
Read More
झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

बिर्तामोड। भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम…
Read More
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

बिर्तामोड । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ । यही मंसिर २९ गतेदेखि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ । डोमालाल…
Read More
मंसिर २९ देखि विर्तामोड झापा कप हुँदै

मंसिर २९ देखि विर्तामोड झापा कप हुँदै

बिर्तामोड। झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ…
Read More
साफ वुमन्स च्याम्पियनसिप: भारतलाई हार चखाउँदै नेपाल फाइनलमा

साफ वुमन्स च्याम्पियनसिप: भारतलाई हार चखाउँदै नेपाल फाइनलमा

झापा । भर्खरै सम्पन्न खेलमा भारतलाई हारको स्वाद चखाउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा भर्खर सम्पन्न खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीको १-१ गोलको बराबरी भएको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको हो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन्। १० खेलमा सिमित नेपालले उत्कृष्ट खेल खेल्दै भारतलाई हराउन सफल भएको…
Read More
डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश

डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ह्याप्पी क्लव काँकरभिट्टाले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा डि एफसी क्लब बाहुण्डाँगीलाई ४-२ गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लवले अन्तिम चारको यात्रा तय गरेको हो । इँटाभट्टा फुटबल क्लबको आयोजनामा मेचीनगर ८ स्थित शान्ती वन वटिका खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ । यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् । प्रतियोगिताको सहआयोजक मेचीनगर ८ नम्बर…
Read More
वन स्तरीय फुटबल : मागुरमाडी र पाँचपोखरी विजयी

वन स्तरीय फुटबल : मागुरमाडी र पाँचपोखरी विजयी

बाहुण्डाँगी । मेचीनगर - ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुरमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजयी भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–०…
Read More
सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

मेचीनगर । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ । बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ । बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही…
Read More
ne_NPNepali