Purbi Garjan

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
Read More
घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…
Read More
दुर्गा प्रसाईं अस्पताल भर्ना

दुर्गा प्रसाईं अस्पताल भर्ना

झापा । साइबर क्राइमको मुद्दामा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातिनै वीर अस्पताल भर्ना भएका हुन् । पक्राउ पछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले अदालत हाजिर गराएको थियो । यता उनका समर्थकहरुले पक्राउ विरोधमा सडक अबरुद्ध गरिरहेका छन्।
Read More
मेचीनगर : सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा पटाका बरामद गरि नष्ट

मेचीनगर : सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा पटाका बरामद गरि नष्ट

मेचीनगर। चाडपर्व लागेसँगै सिमानाकामा चेकजाँचमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल काकडभिट्टाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नियन्त्रणमा लिएर  नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सुचना अधिकारी डिएसपी सुमन पोखरेलले जानकारी दिए। भारतबाट काकडभिट्टा नाका हुँदै भारतीय नम्बर प्लेटको डब्ल्यु बि ७४ एपी २३२७ नम्बरको मारुती भ्यानमा अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित पटाका काकडभिट्टा गुल्मका डिएसपी लोकनाथ उप्रेतीको कमान्डमा खटिएको टोलीले बुधबार इटाभट्टाबाट नियन्त्रणमा लिएको थियोे । विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा भारी मात्रामा पटाका बरामद भएको हो । पटाका…
Read More
गुणस्तर नभएपछि एनएमसी चियालाई ५० हजार धरौटी

गुणस्तर नभएपछि एनएमसी चियालाई ५० हजार धरौटी

मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले उत्पादन गरी विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैँया धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको सहायक प्रजिअ नेपालले बताए । यता एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफुहरुलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए…
Read More
मेचीनगर: शिक्षा क्षेत्रमा लापरबाही,विद्यार्थीले अझै पाएनन् पुस्तक

मेचीनगर: शिक्षा क्षेत्रमा लापरबाही,विद्यार्थीले अझै पाएनन् पुस्तक

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
Read More
काकडभिट्टा महोत्सव : लोकल ब्यान्डसँगै नाचे दर्शक, आज कमल खत्री आउँदै

काकडभिट्टा महोत्सव : लोकल ब्यान्डसँगै नाचे दर्शक, आज कमल खत्री आउँदै

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो मंगलबार लोकल ब्यान्ड र विभिन्न नृत्य सँगै दर्शकहरु रमाएका छन्। लोकल ब्यान्डको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ। आज बुधबार पछिल्लो समयका चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको 'आत्मामा तिम्रो आत्मामा', ‘कोरेर प्रेमपत्र’ ‘बोल्दैन तिम्रो तस्वीर’ हुँदै ‘म गीत हुँ तिम्रो’, ‘जाउँला रेलैमा’, ‘तिमी मेरो पहिलो माया’, ‘माया लै लै’ जस्ता गीतहरु स्रोता एवं दर्शकमाझ लोकप्रिय रहेका छन्। महोत्सवमा विभिन्न खानेकुराका परिकार, बालबालिकाकाक खेलौना , पिङ लगायतका मनोरञ्जनात्मक खेलहरु राखिएका…
Read More
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कमल गाउँपालिका–७ बस्ने  २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका  ३६ वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मंगलवार बेलुका ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प…
Read More
रेडियो मन्त्र तेस्रो बर्षमा प्रवेश, विभिन्न व्यक्तिहरु पुरस्कृत

रेडियो मन्त्र तेस्रो बर्षमा प्रवेश, विभिन्न व्यक्तिहरु पुरस्कृत

झापा । रेडियो मन्त्र झापाले आज आफ्नो दोस्रो वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्रले १०५.४ मेगाहर्जमा झापाको मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो । प्रसारणको दुई बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का विजेताहरुलाई पुरस्कार वितरण समेत गरेको छ । रेडियो मन्त्रका अध्यक्ष अनिसा गौतमको सभापतित्व तथा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालकाको बिशेष आतिथ्यता रहेको थियो ।…
Read More
मेचीनगरका जयरामले गरे आइल्याण्ड पिक हिमालको सफल आरोहण

मेचीनगरका जयरामले गरे आइल्याण्ड पिक हिमालको सफल आरोहण

मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले जानकारी दिए। २७ बर्षे युवा दाहालको समुहलाई आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको समेत उनले बताए । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गरेका दाहाल असोज १ गते शिखरमा पुग्न सफल भएका हुन् ।दाहालसंगै…
Read More
ne_NPNepali